Comments Add Comment

पोर्तुगलमा डिनर कार्यक्रमबाट दुर्इ संकलन

portugal-dinnmer

पोर्तुगल । पोर्तुगलको पोर्टो शहरमा बस्ने नेपाली साथीहरुको सक्रियतामा भएको डिनर कार्यक्रमबाट दुर्इ लाख बढी अार्थिक संकलन गरिएको छ ।

हालै नेपालमा गएको बिनासकारी भूकम्पपीडितका लागि राहत संकलन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रमबाट दुर्इ लाख रूपैयाँ संकलन भएको पोर्तोमा अध्यायनरत विद्यार्थी ई. सालिकराम खनालले जानकारी दिए ।

सहयोग जुटाउने उद्देश्यले च्यरिटी डिनरको आयोजना गरिएको थियो । उक्त कार्यक्रम पोर्तुगलको पोर्टो शहरमा बस्ने करिब २५ जना नेपालीहरूको सक्रियता थियो ।

उक्त कार्यक्रममा मुखै रसाउने नेपाली खानाका परिकारहरु दाल, भात, तरकारी, चिकेन करि, अचार लगायतका बिभिन्न परिकारहरु नेपाली साथीहरुबाट तयार गरिएको थियो । साथै नेपाली कलाकारहरुद्वारा नेपाली सस्कृति झल्कने खालका नृत्य तथा पोर्तुगिज कलाकार इनेश मेलोद्वारा विभिन्न गीतहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली काउन्सिलर मारिया तेरेजा र पोर्तो शहरमा बस्ने अग्रज लक्ष्मण देवकोटाले नेपाली र पोर्तोबासी पोर्तुगिसहरुको सुमधुर सम्बन्धको बारेमा प्रकाश पारेका थिए । यो विपतको घडीमा कसरी खुसी रहने कसरी मनलाई धैर्य राख्ने भन्ने विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

त्यस कार्यक्रममा विभिन्न देशका करिब ७० जना पाहुनाहरुले नेपाली खानाका परिकारहरु र नेपाली संगितमा रमाएका थिए । उक्त कार्यक्रममा करिब दुई लाख रुपयाँ संकलन गरिएको पोर्तोमा अध्यायनरत विद्यार्थी ई. सालिकराम खनालले

जानकारी दिए । उक्त कार्यक्रम पोर्तो युनिभर्सिटीमा पीएचडी अध्ययनरत विद्यार्थी भरत क्षेत्रीको संयोजकत्वमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment