Comments Add Comment

युएईको नेपाली मजदुरले गरे ८० लाख सहयोग

uae relef

युएई । युएईको दुबईमा कार्यरत नेपाली मजदुरहरूले अथिक संकलन गरी भूकम्पपीडितका लागि पठाएका छन् । बर दुबईमा रहेको नमस्ते ट्रावलमा एक कार्यक्रम आयोजना गरी उनीहरुले आर्थिक संकलन गरेका हुन् ।

युएईमा रहेको इट एण्ड डि्रङक रेस्टुरेन्टमा काम गर्ने छत्रबहादुर कुावरको संयोजकत्वमा राहत संकलन गरिएको थियो ।

उनीहरुले संकलिन उक्त रकम गोरखाको पालुङटार-१२ मा रहेको जन चेतना प्राविको भवन निर्माणका लागि पठाएका छन् । उक्त रकम गोर्खा सेवा समाज युएईका अध्यक्ष दिनेश पाण्डेलाई हस्तान्तरण गरे ।

–गीतामणि पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment