Comments Add Comment

भूकम्पको केन्द्रविन्दुमा छायांकन गरिएको ‘टिष्टापारीको साइनो’

tistapari-ko-saino
वैशाख १२ गते भूकम्प जानुअघि गोरखाको बारपाकमा चलचित्र ‘टिष्टापारीको साइनो’को छायांकन भएको थियो । जसमा बारपाकका स्थानिय बासिन्दाले पनि अभिनय गरेका थिए ।

वारपाकसँगै भुकम्पले ध्वस्त बनाएको लाप्राक गाउँमा पनि यो चलचित्र खिचिएको छ । भुकम्पपछि राहत कार्यक्रम लिएर सो स्थानमा पुग्दा त्यहाँको सौन्दर्य ध्वस्त भएको देखेर आफ्नो आँखा रसाएको चलचित्रका कलाकार एवं निर्देशक खिलबहादुर गुरुङले बताए । चलचित्रको हाल सम्पादनको काम भैरहेको छ ।

सम्पुर्ण सिक्किमेली गुरुङ समुदायबाट निर्माण गरिएको यो चलचित्रमा सामाजिक प्रेमकथालाई देखाइएको छ । नेपाल र सिक्किमबिचको भाषिक, सामाजिक, सांकृतिक सम्बन्धलाई देखाउन खोजिएको यो चलचित्रमा सिक्किमका संकृती, धरोहर तथा सडक मन्त्री जीएम गुरुङ पनि विशेष भूमिकामा देखिनेछन् ।

चलचित्रमा यूनिता गुरुङ, आमिर गुरुङ, टिकाराम घले, गजेन्द्र गुरुङ, सीता गुरुङ, ओमन गुरुङ लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment