Comments Add Comment

राज्यले दिएको पदमा हामी गएनौं : हरिवंश आचार्य

हास्य कलाकार हरिवंश आचार्यले आफूहरुलाई विभिन्न पदमा आउनुहोस् भन्दापनि नगएको बताएका छन् । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै हरिवंशले पदमा बस्न आग्रह गर्दा पनि आफू र मदनकृष्ण श्रेष्ठ नगएको खुलाएका हुन् ।

haribansha-acharya

उनले चुनावको समयमा विभिन्न दलले टिकट दिन्छौं भन्दा पनि नलिएको जानकारी दिएका हुन् । कलाकार किरण केसीको जन्मदिनमा आयोजित कार्यक्रममा हरिवंशले भने-‘सरकारको गती भन्दा हाम्रो गती ठूलो छ भन्ने हामीलाई लाग्छ । सरकारको विश्वसनियता हामीले कहिले पनि पाएका छैनौं ।’

तर, यसपटक सरकारले आफूहरुलाई पदमा बस्न गरेको आग्रहलाई आफूहरुले स्वीकार गरेको हरिवंशले बताए । उनले ‘डरलाग्दो धराप’मा आफूहरु रहेपनि जिम्मेवारी स्वीकार गरेको बताए । उनले भूकम्पको समयमा देशमा पुनर्निर्माण आवश्यक रहेकोले पद स्विकार गरेको बताएका हुन् ।

यस्तै, अर्का कलाकार मदनकृष्ण श्रेष्ठले पनि अब सरकारलाई मजबुत बनाउनतर्फ लाग्नुपर्ने बताए । उनले सरकार मजबुत नभएसम्म देश नबन्ने भन्दै हाँस्य कलाकारलाई सरकार बलियो बनाउने बिषयमा पनि आफ्नो प्रस्तुती दिनका लागि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment