Comments Add Comment

महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध

FNCCI-Final

नबिन अर्याल

१६ असार, काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध निर्वाचित भएका छन् । तर, शुक्रबार हुने महासंघको विषेश साधारणसभाले मुरारका महासंघको अध्यक्षमा निर्वाचित भएको अाैपचारिक घोषणा गर्ने छ।

अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका  भाष्करराज राजकणिर्कार र भवानी राणाले आफ्नो दाबी फिर्ता लिएपछि मुरारका निर्विरोध अध्यक्ष भएका हुन् ।

भाष्कर र भवानी दुबै जनाले आ-आफ्नो दाबी फिर्ता लिएर अध्यक्षमा पशुपतिलाई समर्थन गरेका छन् । भवानीले बुधबार नक्साल ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी आफ्नो दाबी फिर्ता लिएको घोषणा गरेकी छन् । भाष्करले मंगलबार नै आफ्नो दाबी फिर्ता लिएका थिए

दुबै जनाले महासंघमा निर्विरोध अध्यक्ष चयन गर्नका लागि बाटो खुल्ला गरेको दाबी गरेका छन् । पशुपति अध्यक्ष भएपछि रिक्त हुने बरिष्ठ उपाध्यक्षमा भवानी राणालाई ल्याउने सहमति भएको बुझिएको छ ।

Bhaskar,-bhawani-and-Pashupati-Murarka

भवानीलाई महासंघको बरिष्ठ उपाध्यक्ष बनाउने भएपछि उनी आफ्नो दाबी फिर्ता लिन राजी भएकी हुन् । उनलाई पूर्वअध्यक्षहरु कुश कुमार जोशी, चण्डीराज ढकाल, महेश्वरलाल प्रधान, रविभक्त श्रेष्ठ, प्रदीप कुमार श्रेष्ठ लगायतले अध्यक्षको उम्मेदवारीमा अघि सारेका थिए ।

यता पशुपति र भाष्करलाई मिलाउन निवर्तमान अध्यक्ष सुरज वैद्यको ठूलो हात छ । करिव १५ महिना अगाडि सम्पन्न महासंघको निर्वाचनमा एउटै प्यानलमा रहेका पशुपति र भाष्करले अध्यक्षका लागि उम्मेदवारी दिएपछि उनीहरुबाट एकजना सर्वसम्मत उम्मेदवार खोज्न पहल गरेका थिए । उनको पहल सफल भएको छ ।

यसअघि ९ जना पूर्वअध्यक्षहरुले सर्वसम्मत नेतृत्व चयनका लागि आपसमा सहमति भएको पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए । यही क्रममा भाष्करले आफ्नो दाबी फिर्ता लिएर पशुपतिलाई समर्थन गर्ने घोषणा गरेपछि भवानी प्यानलका पूर्वअध्यक्षहरुलाई नैतिक दबाव परेको हो ।

fncci1

भवानीलाई उठाउने कि सर्वसम्मत नेतृत्व चयनका लागि उनको उम्मेदवारी फिर्ता गर्न लगाउने भन्ने विषयमा मंगलबार रातीसम्म निष्कर्षमा पुग्न सकेका थिएनन् । महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने घोषणा गरिसकेका पूर्वअध्यक्षहरुलाई भवानीको दाबी फिर्ता लिन लगाउनुपर्ने बाध्यत्मक अवस्था पनि थियो ।

१५ महिनाअघि चार वर्षे कार्यकालका लागि निर्वाचित भएका प्रदिपजंग पाण्डे भ्रष्टाचार कसूरमा प्रहीले हिरासतमा परेपछि बाँकी रहेको कार्यकालका लागि अध्यक्ष छानिएको हो । ३५ वर्ष बढी पुरानो मुद्दामा सर्वोच्चले भ्रष्टाचार गरेको फैसला गरेलगतै गत चैतमा पाण्डेलार्इ प्रहरीले पक्राउ गरेको थियो । बरिष्ठ उपाध्यक्ष रहेका मुरारका त्यसयता कार्यबाहक अध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment