Comments Add Comment

बाख्रापालन गर्न साढे एघार लाख अनुदान

१६ असार, म्याग्दी । जिल्ला पशुसेवा कार्यालय म्याग्दीले यस वर्ष कृषकलाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न रु एघार लाख ५० हजार अनुदान प्रदान गरेको छ ।

दरवाङ गाविस ७, ८ र ९ का एकसय कृषकले रु ११ हजार ५०० का दरले अनुदान पाएका हुन् । फूलबारीस्थित जनहित र दिच्यामको ठूलाचौर बाख्रापालन समितिमा आवद्ध ५०÷५० जना कृषकलाई व्यवसाय उन्मुख बाख्रापालन कार्यक्रमअन्तर्गत उक्त अनुदान सहयोग गरिएको कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिए ।

 प्रतिव्यक्ति बाख्रा खरिद गर्न रु ९ हजार र खोर निर्माण गर्न दुई हजार ५००रूपैयाँ का दरले सहयोग गरिएको हो ।

यसअघि एक समूहको बाख्रा अर्को समूहलाई लगेर पैँचोको रुपमा बाख्रा वितरण गरिँदै आएको थियो । त्यस्तो गर्दा विभिन्न रोग भित्रिने समस्या भएपछि अहिले नगद नै वितरण गरेपछि कृषकले आफ्नो चाहना अनुसार बाख्रा किन्न पाएका छन् । समूहले पाएको अनुदान दुई वर्षपछि फिर्ता गर्नुपर्नेछ ।

एउटा समितिअन्तर्गत रहने पाँचवटा समूहलाई उन्नत् जातको बोका खरिदका लागि रु आठ हजार र औषधि खरिदका लागि १० हजाररूपैयाँका साथै घाँसको बीउ र प्राविधिक सहयोग पनि गरिएको छ ।

व्यावसायिक बाख्रापालन विस्तार गरी कृषकको आम्दानी वृद्धि गराई जिल्लामा मासुका लागि खसीबोका आयात घटाउने उद्देश्यले सहयोग गरिएको वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईँले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment