Comments Add Comment

रामशरणलाई रामचन्द्रको सुझाव : लोककल्याणकारी मन बनाउनोस्

१६ असार, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अर्थमन्त्री डा. रामशरण महतलाई लोक कल्याणकारी मन बनाएर बजेट तयार पार्न सुझाव दिएका छन् ।

Ramchandra-Paudel,-RSS

  • फाइल तस्वीर

व्यवस्थापिका संसदमा बुधबार बजेटको तयारीसम्बन्धी छलफलको प्रारम्भमा बोल्दै कांग्रेस नेता पौडेलले भने- ‘म अर्थमन्त्रीज्यूलाई भन्न चाहन्छु, राज्यको लोककल्याणकारी सिद्धान्तलाई ख्याल गरेर बजेट बनाउनोस् । लोककल्याणकारी मन बनाउनोस् ।’

नेता पौडेल नेपाली कांग्रेसभित्र वीपीको समाजवादका पक्षधर मानिन्छन् भने अर्थमन्त्री महत समाजवादको विपक्षमा उदारवादका पक्षपाती मानिन्छन् । डा. महतको यही उदारवादी सोचाइमाथि लक्षित गर्दै नेता पौडेलले लोक कल्याणकारी राज्यको स्मरण गराएका हुन् ।

पौडेलले बोल्नुअघि अर्थमन्त्री महतले संसदमा विनियिोजन विधेयकका प्राथमिकताबारे बोलेका थिए । डा. महतले विकासका आयोजनाहरुमा स्थानीय निकायलाई अधिकार प्रदान गरिने बताएका थिए ।

कांग्रेस नेता पौडेलले किसानहरुमाथि अन्यया भएको, उखु किसानहरुले उत्पादनको मूल्य नपाएको लगायतका गुनासो गर्दै किसानलाई लक्षित बजेट बनाउन आग्रह गरे । गरीबसँग विश्वेवर कार्यक्रममा पनि बजेट छुट्याउन उनले माग गरे ।

बजेटको तयारीबारे संसदमा छलफल सुरु

व्यवस्थापिका संसदमा बजेटको तयारीबारे बुधबारदेखि छलफल सुरु भएको छ ।

विनियोजन विधेयक व्यवस्थापिका संसदमा पेश गर्नुपूर्व बजेटका प्राथमिकता (कर प्रस्ताव बाहेक) का विषयमा केन्द्रित भएर छलफलमा भाग दिन सभामुखले सभासदहरुलाई रुलिङ गरेका छन् ।

कांग्रेस नेता पौडेलपछि एमाले नेता भरतमोहन अधिकारीले बजेटको प्राथमिकताबारे बोलेका छन् । त्यसपछि एमाओवादी नेता डा. बाबुराम भट्टराई बोल्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment