Comments Add Comment

केकीलाई पनि लाग्यो अमेरिकाको ५ बर्षे भिसा

keki adakari (3)

नेपाली कलाकारका लागि सपनाको देश बन्दै आएको अमेरिका जाने कलाकारको सूची लामो बनिरहेको छ । यो बर्ष भुकम्प आएपछि अमेरिकाले सहजै रुपमा कलाकारलाई भिसा दिइरहेको छ ।

नायिका नन्दिता केसी अमेरिका उडिसकेकी छिन् । अब, पालो नायिका केकी अधिकारीको । केकी पनि अमेरिका उड्ने पक्का भएको छ ।

केकीलाई अमेरिकाले आज भिसा दिएको हो । ५ बर्षे मल्टिपल भिसा पाएकी केकी जुलाइको २८ तारिखमा अमेरिकातर्फ लाग्नेछिन् । उनले आफू अमेरिकामा अगष्ट ७ देखि १६ तारिखसम्म आयोजना हुन लागेको एक फिल्म फेस्टिबलमा सहभागी हुने जानकारी अनलाइनखबरलाई दिएकी छिन् ।

उनले आफू सेप्टेम्बरको अन्त्यमा नेपाल र्फकने बताइन् । करिब २ महिनाको अमेरिका यात्राको क्रममा केकीले अन्य कुन-कुन कार्यक्रममा भाग लिने हुन्, खुलेको छैन । एकपछि अर्का कलाकार अमेरिका जाने क्रम अहिले बढेको छ । अहिले नेपालका धेरैजसो कलाकार अमेरिकामा नै छन् ।

कलाकार अमेरिकातर्फ लागेपछि फर्किन्छन् कि फर्किदैन् भन्ने प्रश्न सधै नै उब्जने गरेको छ । केकीले भने आफू २ महिनामा र्फकने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment