Comments Add Comment

अमेरिकामा नै रहेका नेपाली कलाकारलाई लिएर श्यामले चलचित्र बनाउने

shyam bhattrai (5)
केही महिना अगाडि अमेरिका उडेका निर्देशक श्याम भट्टराइले अब त्यही नै चलचित्र निर्देशन गर्ने भएका छन् । उनले अमेरिकामा रहेका एनआरएनहरुको कथामा बन्न लागेको चलचित्रको निर्देशन गर्न लागेको बताए ।

चलचित्र नेपाल विश्व सहयोग संघको तत्वावधानमा निर्माण हुनेछ । अमेरिकाको सनफ्रान्सिसकोमै बसिरहेका पि्रन्स युवराज कार्की र सुजित सिंहको लगानीमा चलचित्र निर्माण हुन लागेको हो ।

श्यामका अनुसार नेपालबाट गई अमेरिकामा रहेका कलाकारहरुले चलचित्रमा अभिनय गर्नेछन् । नाम तय नभैसकेको यो चलचित्रमा अमेरिकामा नेपालीले पाएका सफलता र असफलताको कथालाई उठाइनेछ ।

नेपालीका लागि यो चलचित्र अमेरिका हेर्ने ऐना हुने श्यामको दाबी छ । दशैपछि छायांकनमा जान लागेको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा, अर्जुन पोख्रेलको संगीत रहने पक्का भएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण भएका टेलिसिरियल ‘गहना’, ‘जानकी’, ‘दुई थोपा आँशु’को सफल निर्देशन पश्चात ठूलो पर्दाको चलचित्र निर्देशन थालेका श्यामले यसअघि ‘मर्यादा’, ‘मौसम’ र ‘लंका’ ‘च्यालेन्ज’ निर्देशन गरिसकेका छन् । श्यामले यसपछि अमेरिकामा नै रहेका कृष्ण खत्री, मनोज सिंह र यादव पौडेलको लगानीमा बन्ने अर्को चलचित्र पनि निर्देशनको तयारी गरिहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment