Comments Add Comment

मधेस केन्द्रित दलले जलाए संविधानको मस्यौदा

Bhairahawa

सलमान खान
१६ असार, भैरहवा । मधेस केन्द्रित दलहरुले भैरहवामा संविधानको प्रारम्भिक मस्यौदा जलाएका छन् । बुधवार तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सदभावना पार्टी, संघिय समाजवादी फोरम र तराई मधेस सदभावना पार्टीले संयुक्त रुपमा संविधानको मस्यौदा जलाएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र फोरम लोकतान्त्रिकले १६ बुँदे सहमति मार्फत सविधानको मस्यौदा तयार पारी मंगलवार सविधान सभामा पेस गरेका थिए । उक्त मस्यौदा अन्तरिम संविधान र मधेस आन्दोलनको भावना बिपरित भएको दावी असन्तुष्ट मधेस केन्द्रित दलहरुको छ ।

कार्यक्रममा तमलोपा रुपन्देहीका अध्यक्ष अजय वर्माले सत्ता बाँडफाँडका लागि हतारमा अधुरो संविधान जारी गर्न खोजेकाले जलाइएको प्रष्ट्याए । संघियतालाई थाती राख्ने मात्र नभइ संघियतालाई नै समाप्त गर्ने योजना बनाइएकाले यस्तो संविधान आफूहरुलाई मान्य नहुने उनले बताए ।

यसलाई नसच्चाए आफ्नो पार्टी संविधान सभा छाडेर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment