Comments Add Comment

भूकम्प पीडितलाई जियोनी मोबाइलको ५५ लाख सहयोग

Gionee-Mobile

१६ असार, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले नेपालका भूकम्प पीडितलाई ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई प्रदान गर्‍यो ।

जियोनीका अध्यक्ष विलियम लुले उक्त रकम बराबरको चेक प्रधानमन्त्री शुशील कोइरालालाई हस्तान्तरण गरे । उनले नेपालमा भूकम्प पीडितप्रति जियोनीका तर्फबाट सहानुभूति व्यक्त गरे ।

भुकम्प पीडितका लागि भनेर जियोनीले ‘जियोनी सहयोगी हात कोष’को पनि स्थापना गरेको छ । सोही कोषमा जियोनीले पाँच लाख रुपैयाँ जम्मा गरिसकेको छ ।

उक्त कोषबाट जियोनीले भक्तपुरमा भूकम्प पीडितलाई २५ अस्थायी घर निर्माण गर्दैछ । मंगलबार नै विलियम लुले भक्तपुर गई केही अस्थायी घर एक स्थानीय विकास समितिका कोषाध्यक्ष रोशन भयाद्योलाई हस्तान्तरण गरे । आगामी दिनमा जियोनीले भूकम्प पीडितका लागि भक्तपुरमा थप अस्थायी घर निर्माण गर्नेछ ।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा मिस नेपाल इभाना मानन्धरले आगामी तीन महिनामा हरेक जियोनी फोनको बिक्रीमा जियोनीले ५० जियोनी सहयोगी हात कोषमा जम्मा गर्ने जानकारी प्रदान गरिन् ।

उक्त रकम बाल मन्दिरमा अवस्थित ५ बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि प्रदान गरिने बताइएको । भविष्यमा ग्राहकले यस योजनामा उत्साही सहभागिता जनाएमा थप बालबालिका सहयोग गर्ने जियोनीको योजना छ  ।

सन २००२ मा स्थापना भएको जियोनी कम्युनिकेशन इक्वीपमेन्ट मोबाइल डिजाइन तथा निर्माण, सोध तथा विकास, विश्व बजारमा बिक्री तथा मोबाइल एप्लिकेशन निर्माणमा आबद्ध एक अत्याधुनिक कम्पनी हो ।

सेप्टेम्बर २०१४ मा नेपाल प्रवेश गरेको जियोनीले हालसम्म नेपालभरी ६ सय रिटेल बिक्रेता बनाइसकेको छ । हाल नेपाली मोबाइल बजारमा जियोनी पाँचौ स्थानमा छ । जियोनीले आफ्ना नयाँ मोडेलहरु पनि चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment