Comments Add Comment

प्रदिप, करन र अभिनाशलाई डेब्यू क्याप

Karan-Kc

१६ असार, काठमाडौं । टी-२० अन्तराष्ट्रियमा पहिलो खेल खेलेका तीन नेपाली क्रिकेटरलाई ‘डेब्यू क्याप’ प्रदान गरिएको छ ।

नेदरल्याण्डविरुद्धको पहिलो टी-२० खेलका क्रममा प्रदीप ऐरी, करन केसी र अविनाश कर्णलाई क्याप दिइएको हो । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले तीनै क्रिकेटरलाई डेब्यू क्याप प्रदान गरेका हुन् ।

Avinash-karna

चार म्याचको श्रृखला अन्तरगतको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १८ रनले पराजित भएको छ ।

नेपालले बंगलादेशमा भएको टी-२० विश्वकप खेल्दै ट्वान्टी-२० अन्तराष्ट्रियको ढोका खोलेको थियो । त्यसबेला वरियता क्रम अनुसार कप्तान पारसलाई १ र उपकप्तान ज्ञानेन्द्र मल्लाई २ नम्बर अंक रहेको क्याप प्रदान गरिएको थियो ।

Pradeep-Aaire

शक्ति गौचन, शरद भेसवाकर, वसन्त रेग्मी, विनोद भण्डारी, नरेश बुढायर सुवास खकुरेल, सागर पुन, जितेन्द्र मुखिया र सोमपाल कामीले पनि त्यही बेला डेब्यू क्याप लगाएका थिए । नरेश अहिले टोलीमा परेका छैनन् भने टोलीमा रहेका राजेश पुलामीले श्रीलंकामा हङकङविरुद्धको खेल अघि डेब्यू क्याप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment