Comments Add Comment

चार वर्षीया बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद सजाय

१६ असार, इलाम । जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई १० वर्ष कारावास सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नं. र ३ (१) बमोजिम कसुर गरेको ठहर गर्दै घिमिरेलाई १० वर्ष कैद र पीडितलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

घिमिरेले चार वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका थिए ।

यस्तै जिल्ला अदालतले बालक हत्याका आरोपित चमैता–६ का देशकुमार राईलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले राईलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (३) बमोजिम कसुर ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

चमैता–६ का १० वर्षीय विशाल राईलाई देशकुमारले गाईवस्तु चराउन जङ्गल गएका बेला हत्या गरेको आरोपसहित उनका बाबु अर्जुन राईले गत वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment