Comments Add Comment

ग्राहकको रोजाइमा पर्दैछ महिन्द्राको विद्युतिय स्मार्ट कार

Mahindra Reva E2O  (8)
१७ असार, काठमाडौं । प्रख्यात भारतीय मोटर उत्पादक कम्पनी महिन्द्राको विद्युतीय कार ‘महिन्द्रा इ टु अो’ नेपाली बजारमा बिक्री सुरु भएको छोटो अबधिमा लोकप्रिय बनेको छ ।

‘महिन्द्रा इटुओ’ ब्राण्डमा उपलब्ध सानो आकारका यी ‘स्मार्ट कार’का प्रयोगकर्ता यसमा जडिते प्रविधि र सुबिधाबाट निकै सन्तुष्ट देखिएका छन् ।

राजधानीको व्यस्त सडक सुहाउँदो यी बिद्युतीय कार प्रयोगकर्ता इन्धनको लामो लाइनमा बस्नु पर्दैन् । न त पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झण्झट नै ।

यही आर्कषणका कारण धेरैजसो महिला उद्यमी, चिकित्सक, कुटनीतिक नियोग, गैरसरकारी संस्था लगायतको रोजाईमा विद्युतीय कार परेको बताउँछिन् नेपालका लागि महिन्द्रा इटुओको आधिकारिक विक्रेता अग्नी इनर्जीकी प्रबन्ध निर्देशक सुजन श्रेष्ठ ।

‘हामीले दुई बर्षको अबधिमा झण्डै १७० वटा गाडी बेचिसक्यौं, श्रेष्ठले भनिन्- ‘जसले विद्युतीय कारको फाइदाबारे बुझ्नुभएको छ, उहाँहरुले कुरेरै हाम्रो कार लिइरहनुभएको छ ।’

महिन्द्राको इटुओ कारमा डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट छ । यसमा अत्याधुनिक सुविधा उपलब्ध छन् र अन्य कारभन्दा सुरक्षित पनि छ । आउनुहोस् हामी तपाईलाई यसमा रहेका ६ वटा बिशेषताबारे जानकारी दिँदैछौं जो नेपालमा बिक्रि हुने अन्य कारमा पाउन सकिन्न ।

१. कम्प्युटर जडित स्मार्ट कारः महिन्द्रा इटुओको इन्जिनमा १० वटा कम्प्युटर बोर्ड जडित छन जसले तपाईलाई रियलटाइम ड्राइभिङ सूचना प्रदान गरिरहेको हुन्छ । ड्यासबोर्डमा उपलब्ध टचस्त्रिmनयुक्त मिडियाप्लेर छ जसले तपाईलाई गाडी कसरी चलाउने भन्ने तालिम दिनेदेखि गाडीमा कुनै खरावी आए सूचनासमेत दिन्छ ।

Mahindra Reva E2O  (10)
महिन्द्रा इटुअोको भित्री डिजाइन ।

२. मोबाइल एपबाटै कार कन्ट्रोल : महिन्द्रा इटुओलाई तपाइले स्मार्टफोनबाटै नियन्त्रण गर्न सक्नुहुन्छ । सवैजसो प्लेटर्फममा उपलब्ध यो एप डाउनलोड गरेपछि तपाईले यसबाटै गाडी लक वा अनलक गर्न, गाडी स्टार्ट गरेर एयर कन्डिसन अन गर्न, गाडीको चार्जको अबस्थाबारे जानकारी लिन पनि सक्नुहुन्छ ।

यही एपमार्फत् नजिकको चार्जिङ स्टेसनबारे जानकारी लिन, चार्ज सकिएको अबस्थामा ब्याकअप मोडमा लगेर केही किलोमिटर गुडनसमेत सकिन्छ । गाडी लक गर्न विर्सिएको खण्डमा मोबाइल एपबाटै लक गर्न सकिन्छ, पार्किङमा राखेको गाडीलाई चिसो वा तातो बनाउन अफिसमै बसेर एसी अन गर्न सक्नुहुन्छ, तपाई पुग्दासम्म गाडी वातानुकुलित बनिसकेको हुन्छ ।

Mahindra Reva E2O  (9)
मोबाइल एप ।

गाडीमा रहेको प्रोजेक्टर ल्याम्प पनि एपबाट नै अन-अफ हुन्छ । जसले गर्दा अँध्यारो सडकमा गाडी पार्किङ गरेपछि पनि बत्ती ननिभाई हिँड्न पाइन्छ । गन्तव्यमा पुगपछि मोबाइल एपबाट लाइट अफ गरे हुन्छ ।

३. एक रुपैयाँमा एक किलोमिटर यात्रा : महिन्द्रा इटुओ ५ घण्टा चार्ज गरेपछि १२० किलोमिटर दौडिन्छ । यसको मूल्य नेपाली बजारमा २४ लाख ३५ हजार रुपैयाँ रहेको छ । गाडीको सुरुवाती मूल्य केही महंगो भएपनि यसको सञ्चालन खर्च भने अत्यन्तै कम रहेको छ । एक रुपैयाँमा एक किलोमिटर कुद्न सकिन्छ ।

तेलबाट चल्ने कारजस्तै यसलाई तालिकाअनुसार सर्भिसिङ गरिरहनु पर्दैन । साथै, मोबिल पनि चेञ्ज गर्न पर्दैन । वर्षको एकपटक सर्भिस सेन्टरमा चेक गराए पुग्छ । नेपाल सरकारले विद्युतीय कारलाई प्रर्बद्धन गर्ने नीति लिएका कारण यो कार चढ्ने ग्राहकले रोड ट्याक्स समेत तिर्नु पर्दैन् । अन्य कर पनि पेट्रोल वा डिजेल इन्जिनयुक्त गाडीले भन्दा आधा तिरे पुग्छ ।

Mahindra Reva E2O  (7)

कारमा चार जनाले यात्रा गर्न सकिन्छ । विद्युतबाट चल्ने हुँदा महिन्द्रा इटुओ भाइब्रेसन र आवाज आउँदैन । एसी खोल्दामात्र आवाज आउने गर्छ । यही विशेषताका कारण यसले विलासी यात्राको अनुभुती दिलाउँछ । अष्ट्रिया र जर्मनीको टेक्नोलोजी प्रयोग गरिएको यो कार भारतको बैेंलोर प्लान्टमा निर्माण भएको हो ।

४. अटोमेटिक यात्रा, देवे खुट्टालार्इ अाराम: महिन्द्रा इटुओमा थ्रि पिन चार्ज रहेको छ । जसले गर्दा जहाँ पनि सहजै चार्ज गर्न सकिन्छ । ५ घण्टा चार्ज गर्दा ब्याट्री फुल चार्ज हुन्छ । एकपटक फुल चार्ज भएपछि गाडी १ सय २० Rewa-E2Oकिलोमिटर गुडन सक्छ । इटुओमा १६ वटा लिथियम ब्याट्री छन् ।

अटोमेटिक प्रबिधिको यो गाडी चलाउँदा तपाईले देव्रे खुटालाई आराम दिन सक्नुहुन्छ । अटोमेटिक गियरमा बुष्ट मोड राखिएको छ । जुन मोडमा लैजाँदा गाडीले ४० प्रतिशत अतिरिक्त शक्ति दिन्छ । उकालोमा चढ्दा यो मोड प्रयोग गर्न सकिन्छ ।

५. गाडी बिग्रिएको थाहा हुँदैन : महिन्द्रा इटुओमा रोचक सुविधाहरु रहेका छन् । जसले सवारीधनीलाई धेरै झन्झटबाट मुक्त बनाउँछ । सबैभन्दा रोचक पक्ष यो गाडी हत्तपत्त बिगि्रँदैन । यदि बिगि्रहालेमा पनि चालकले थाहा पाउँदैन ।

गाडीमा जडित रियलटाइम इन्फरमेसन सिस्टमले गाडीको अबस्थाबारे कम्पनीको कन्ट्रोलरुमलाई जानकारी दिइरहेको हुन्छ । इन्जिनमा जडित मोबाइल सिमकार्डमार्फ्त गाडीको अबस्थाबारे निरन्तर सूचना गइरहेको हुन्छ । गाडीमा कतै खरावी देखिनासाथ कन्ट्रोलरुममा रहेका इन्जिनियरले समस्या समाधान गरिहाल्छन् ।

बनिसकेपछि मात्र गाडी धनीलाई समस्या देखिएको र समाधान गरिएकोबारे सूचना आउँछ जसले गर्दा सवारीधनी अचम्म पर्छन् ।

Mahindra Reva E2O  (3)

‘कम्पनीबाट फलानो गाडीमा यो-यो बिग्रिएको थियो, हामीले बनाइदिएका छौं भनेर जानकारी आउँछ’ अग्नी इनर्जीका म्यानेजर प्रमोद भण्डारीले भने- ‘अनि हामीले ग्राहकलाई जानकारी दिन्छौं । यो सुन्दा ग्राहकहरु छक्क पर्नुहुन्छ ।’ यही कारण गाडीको मेन्टिनेन्स खर्च लगभग सून्य हुन्छ । बर्षमा एकपटक मात्र गाडी मेन्टिनेन्समा ल्याउन ग्राहकलाई आग्रह गर्ने गरेको भण्डारी बताउँछन् ।

६. ठोक्किए पनि कुच्चिदैन : महिन्द्रा इटुओको अर्को राम्रो पक्ष ठोक्किँदा पनि नकुच्चिनु हो । ‘गाडी बरु च्यातिएला, कुच्चिँदैन’ भण्डारी भन्छन- ‘ यसमा रेसिङ कारमा प्रयोग गरिने स्टिल बडी प्रयोग गरिएको छ, जसले गर्दा सुरक्षाको चिन्ता गर्नुपर्दैन् ।’

Mahindra Reva E2O  (1)
महिन्द्र इटुअोको स्टिल फ्रेम । रेसिङ कारमा प्रयोग हुने यो फ्रेमले गाडिलार्इ सुरक्षित राख्छ ।

नेपालको व्यस्त तथा असुरक्षित सडकमा गाडी ठोक्किएर कुच्चिने गर्छ । यसले ग्राहकलाई हैरान समेत बनाउन्छ । यो गाडीका ग्राहकहरु भने यस्तो हैरानीबाट मुक्त हुने कम्पनीको दाबी छ ।

अन्य सुविधाहरु

यसमा पावर विन्डो रहेको छ । सिट पनि अटोमेटिक फोल्ड हुन्छन् । जसले गर्दा सिट मिलाइरहनु पर्दैन । गाडीको डिकी र अगाडि इञ्जिनमा लाइट राखिएको छ । त्यस्तै, एक्स्ट्रा टायर पनि अगाडि इञ्जिन भएको ठाउँमा राख्ने व्यवस्था छ ।

Sujan Shrestha  (5)
अग्नी इनर्जीकी प्रबन्ध निर्देशक सुजन श्रेष्ठ इटुअोको बारेमा जानकारी दिँदै ।

गाडीमा सिट बेल्ट पनि अटोलक छ । अगाडिको वाइपर कैंचीजस्तै चल्छ । जसले गर्दा चालक र यात्रु दुबैतिरको सिसा सफासँग पुछिन्छ । अन्य गाडीमा एकै दिशाबाट वाइपर चल्छ ।

यसको अलवा गाडीमा हिल होल्ड, क्रसटिजी लाइट, रिभर्स क्यामेरा, जीपीएस नेभिगेसन, इन्टिग्रेटेड म्याप, ब्लूटुथ, आइपड कनेक्टीभिटी, फ्लो मी होम हेडल्याम्प, लीड टेल ल्याम्प, इलेक्टि्रक विङ मिरर, फोर जीबीएल स्पीकर्स, सीडी, डिभिडी, युएसबी, एयुएक्स, माइक्रो एसडी कार्ड, सानो ३.९ मिटर टर्निङ रेडियस, प्रसनल वेभ पेज, ड्राइभर इन्फरमेसन सिष्टम लगायत रहेका छन् ।

यी हुन ग्राहक

महिन्द्रा इटुओका प्रमुख ग्राहक भनेका महिलाहरु हुन् । सामान्य आम्दानी भएका मध्यमवर्गीय परिवारलाई पनि यो गाडी उपयुक्त रहेको छ । सुरुमा किन्दा केही महंगो परेपनि अप्रेसन कष्ट निकै न्यून रहेको हुँदा मध्यमवर्गीय परिवारलाई उपयुक्त देखिएको हो ।

नयाँ अत्याधुनिक प्रविधि जडान गरिएको हुँदा युवाहरु पनि यो कारप्रति लोभिएको श्रेष्ठ बताउँछिन् । डाक्टर, इञ्जिनियर, बैंकर, उच्चअधिकारी, डिप्लोम्याटहरुले पनि यही गाडी प्रयोग गर्न थालेका छन् । महिन्द्रा इटुओ सिटी कार भएको हुँदा अफरोड गाडी हुनेहरुको प्रमुख रोजाइमा परेको श्रेष्ठको भनाई छ ।

Mahindra Reva E2O  (11)

‘जसको घरमा पहिले नै डिजेल/पेट्रोल इञ्जिन कार छ, उनीहरुले दोस्रो कारको रुपमा इटुओलाई रोज्न थालेका छन’ उनले भनिन- ‘यो कार लामो दुरीका लागि उपयुक्त छैन, त्यसैले हामी राजमार्गको लामो यात्राका लागि सिफारिस गर्दैनौं ।’

यसमा जडित अत्याधुनिक सुविधाले गर्दा अन्य गाडीभन्दा निकै पृथक पहिचान बनाएको उनले बताइन् । ‘यस्ता सुविधा डिजेल वा पेट्रोल इन्जिनमा खोज्ने हो भने करोडौं रुपैयाँ खर्चिनुपर्ने हुन्छ, श्रेष्ठले भनिन- कम खर्चमा स्मार्ट कारको अनुभव लिन खोज्नेलाई महिन्द्रा इटुओ निर्विकल्प छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment