Comments Add Comment

कांग्रेस जिल्ला सभापतिको भेला बिहीबार

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

पार्टीको आसन्न १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिहरुको चालु कार्यकाल सकिनै लाग्दा सभापतिहरुबीच एकआपसमा अन्तक्र्रिया गर्न भेलाको आयोजना गरिएको हो ।

कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार बिहीबार विहान ११ बजेदेखि सुरु हुने भेलामा पार्टीको मौजुदा विधानलगायतका विषयमा छलफल गरिनेछ ।

संवैधानिक रुपमा अनिवार्य गर्नुपर्ने पार्टीको महाधिवेशन र गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि वर्षातको समयमा हुन लागेको महाधिवेशनलाई पार्नसक्ने प्रभावलगायतका विषयमा छलफल गरिने उनले जानकारी दिए ।

बैठकमा संविधान निर्माणको जारी प्रक्रिया, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले खेलिरहेको भूमिकालगायतका विषयमा पनि अन्तक्रिया समेत हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment