Comments Add Comment

अश्लिल हर्कत गर्ने कृषिमन्त्री पराजुलीले भने- राजीनामा दिनु पर्ने केही गरेको छैन

Hari-Parajuli

१६ असार, काठमाडौं । सार्वजनिक कार्यक्रममा महिलाहरूमाथि अश्लिल हर्कत गरेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा नदिने बताएका छन् ।

रोपाइँ कार्यक्रममा महिलाहरुमाथि अश्लिल हर्कत गरेपछि मन्त्री पराजुलीको सबैतिर आलोचना भइरहेको छ भने एमाले नेतृत्वमाथि उनलाई कारबाही गर्न दबाव बढेको छ ।

तर, मन्त्री पराजुलीले भने आफूले कुनै गल्ती नगरेको दावी गरेका छन् । बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा उनले भनेका छन्-‘मैले कुनै गलत नियतका आधारमा गरेको छैन्, ६२ वर्षको मान्छे वेइकुफ होइन । राजीनामा दिनका लागि मैले गलत मनसायले महिला हिंसा गर्ने गतिविधि गरेको छैन ।’

 उनले घरकै आफ्नो दिदीबहिनीलाई जसरी व्यवहार गरेको दाबी गरे ।  हात र टाउको कहाँ थियो थाहा छ ? भन्ने प्रश्नमा उनले आफ्नो बचाउ गर्दै भने-‘आउनुस् दिदी तपाई गएपछि मात्र अरु पनि आउँछन् भन्दै कम्बरमा हात राखेर निवेदन गरेको हो ।’

Hari-parajuli-2
जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (तस्वीरसहित)

टाउको लगेर छातीमा हिलो पुछिएको देखिन्छ नि भन्ने प्रश्नमा उनले भने-‘हिड्नुस् भन्दा टाउको ठोकिएको होला थाहा छैन । भित्र जाउँ भनेको हो ।’ बढी उत्साहित भएकाले याद नभएको हो कि । फोटो र भिडियो हेर्नु भएको छ भन्ने प्रश्नमा उनले ‘हेरेको छु’ भने तर, आफूले कुनै गल्ती नगरेको दाबी गरिरहे ।

तपाईकी श्रीमती वा दिदीबहिनीलाई कुनै मन्त्रीले छातिमा टाउको हिलो दलेको भए भन्ने प्रश्नमा उनले आफूले त्यस्तो गर्दै नगरेको दावी गरे । मन्त्री पराजुलीले भने-‘हुँदै होइन । फोटो खिच्दा म होचो मान्छे छायाँ पर्‍यो होला ।’

मन्त्रीले त्यस्तो गर्दा मन्त्रीले गर्ने आचरण हो जस्तो लाग्छ भन्ने प्रश्नमा उनले भने-‘मन्त्रीलाई प्रमुख अतिथीका रुपमा बोलाइएको थियो । उहाँहरुको रमाइलो गर्ने चाहना रहेछ र हिलोले हान्नु भो ।’

उनले आफूले दुर्ब्यवहार नगरेको र बढी प्रोपोगाण्डा गरेको आरोप समेत लगाएका छन् । उनले भने-‘कसैलाई दुःख दिन गरेको होइन । रमाइलो गर्ने क्रममा कसैलाई दुःख पुगेको छ भने क्षमा चाहन्छु ।’

अन्य देशमा भए यस्तो गर्दा बर्खास्त गर्ने थिए होला भन्ने प्रश्नमा उनले आफूले कुनै गलत मनसाय नराखेको र बर्खास्त हुने गरी कुनै काम नगरेको दाबी गरेका छन् ।

यो पनि पढ्नुस्

जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (तस्वीरसहित)

को हुन् मन्त्री हरि पराजुली ? जसले सेकुवा कर्नरदेखि धान खेतसम्म छाडेनन्

ओलीलाई झाँक्रीको चुनौती : महिला समात्ने मन्त्री नहटाउने ?

एमाले नेता पोखरेलले भने-कृषिमन्त्री ज्यू लज्जाबोध भो

कृषिमन्त्री पराजुलीको हर्कतबारे संसदमा विरोध, कारवाही गर्न माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment