Comments Add Comment

पूर्वका ८२१ सीमास्तम्भ गायब, ४६ अतिक्रमण

१७ असार, सुनसरी । पूर्वका आठ जिल्लामा नेपाल र भारतबीच रहेका आठ सय २१ सीमास्तम्भ गायब पारिएका छन्। त्यस क्षेत्रमा जंगेपिलरसहित ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।
SSB
पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, इलाम, पाँचथर र ताप्लेजुङमा भएका दुई हजार ६ सय २८ सीमास्तम्भमध्ये आठ सय २१ गायब भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

पूर्वका विभिन्न जिल्लामा ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको सीमा निगरानीका लागि जिम्मा पाएको सशस्त्र प्रहरीको उच्च स्रोतले उल्लेख गरेको छ।

सरकारले सीमाको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिएपछि उसले गरेको अध्ययन र सीमा निरीक्षणका क्रममा भारतले नेपाली भूभाग अतिक्रमण गरी सीमास्तम्भ गायब पारेको सशस्त्र प्रहरीका ती उच्च अधिकृतले नाम नछाप्ने सर्तमा बताए।

प्राप्त जानकारीअनुसार सबैभन्दा बढी सप्तरीका सीमास्तम्भ गायब पारिएका छन्।

सप्तरीका ६ सय ५० सीमास्तम्भमध्ये चार सय १३ गायब छन्। सप्तरीमा एउटा मुख्य सीमास्तम्भ (जंगे पिलर), पाँचवटा सहायक सीमास्तम्भ र २२ साना सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।

सप्तरीकै १३ मुख्य सीमास्तम्भ, २ सय ५० सहायक सीमास्तम्भ र एक सय ५० साना सीमास्तम्भ गायब छन्।

झापा सीमा क्षेत्रका ८ सय ७८ सीमास्तम्भमध्ये २६ वटा मुख्य (जंगे पिलर) र साना एक सय ९२ गायब छन् भने २ वटा रिफ्रेन्स सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment