Comments Add Comment

बिहीबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले आगामी बजेटको प्राथमिकताबारे संसदमा प्रस्तुत विधेयकको खबर प्राथमिकताका साथ छापेका छन् ।

अन्नपूर्ण पोष्टमा बजेट पुनर्निर्माण र अर्थतन्त्रको पुनर्ताजगीकरणमा केन्दि्रत हुने, महासंघ अध्यक्षमा मुरारका निर्विरोध, नयाँ दृष्टिकोणसहितको कार्यक्रम ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव, सुर्खेतमा समृद्धिको योजना, सेनाले ल्यायो न्यून दरको ऋण सुविधा, पर्यटन बजेटमा पुनर्निर्माणलाई प्राथमिकता, भोजपुर विमानस्थलमा परीक्षण उडान लगायतका खबर छन् ।

कारोबार दैनिकमा मुरारका सर्वसम्मत अध्यक्ष, नयाँ संविधानमा पनि तीन खम्बे अर्थनीति, सरकारको ध्यान लगानी रोजगारी र उत्पादन वृद्धिमा, पूर्वमन्त्री आलम प्रहरीको ‘मोस्ट वान्टेड सूचीमा, चिनी उद्योगी सर्वोच्चमा, ३ अंकले घट्यो सेयर बजार, युरोपेली बैंकले ५० खर्ब युरो गुमाए लगायतका खबर छन् ।

अभियान दैनिकमा अधिक तरलताले ब्याजदरमा सिद्धान्तविपरीत प्रभाव, लगानीयोग्य उद्यमशीलताका लागि ‘बिजनेश एक्सिलेरेटर’, पुनर्निर्माण सम्बन्धी कार्यक्रम अझै बनेन, छुर्पी आयोगमा आगलागी, पहिरनको बजार घट्यो, आवास पुनर्निर्माण कर्जाको ब्यवस्थापन, सारा सम्पत्ति च्यारारिटीलाई दिँदै साउदी राजकुमार लगायतका खबर छन् ।

नागरिक दैनिकमा आगामी बजेट पुनर्निर्माणमा केन्दि्रत, मुरारका महासंघमा १८ औं अध्यक्ष, अन्नपूर्ण पदमार्गको अवस्था बुझ्दै विदेशी विज्ञ, भन्सार खुलेको ४० वर्षपछि पहिलो राजश्व, चिया बजारीकरणलाई बजेट माग, पूर्वमा ८.८ प्रतिशत रोपाइँ, वैकल्पिक उर्जामा १९ करोडको कार्यक्रम लगायतका खबर छन् ।

eco1
eco2
eco3
eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment