Comments Add Comment

नेदरल्याण्डसँग नेपालको लज्जास्पद हार

Nepal-Vs-Middlesex (4)

१७ असार, काठमाडौं । नेदरल्याण्डसँगको दोस्रो टी–२० अन्तराष्ट्रियमा नेपालले १०३ रनको लज्जास्पद हार व्यहोरेको छ ।

टी–२० अन्तराष्ट्रियमा नेदरल्याण्डको यो नै सबैभन्दा ठूलो जित हो र उसले चार म्याचको श्रृखलामा २–० को अग्रता लिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो । उसका लागि ओपनर मिचेल स्वार्टले बेन कुपरसँग दोस्रो विकेटका लागि १३१ रनको साझेदारी गरे ।

कुपरले ६२ रन बनाए भने स्वार्ट ७६ रनमा अविजित रहे । सोमपाल कामीले २ तथा करण केसी र अभिनाश कर्णले एक–एक विकेट लिए ।

जवाफमा मैदान  उत्रिएको नेपाल १७.४ ओभरमा ६९ रन जोड्दा अल आउट भयो । टी–२० मा नेपालको यो सबैभन्दा न्यून स्कोर हो । यसअघि गत नोभेम्बरमा श्रीलंकामा हङकङसँगको खेलमा ७२ रन बनाएको थियो ।

नेपालले २७ रन जोड्दा सात विकेट गुमाइसकेको थियो र टी– २० अन्तराष्ट्रियकै सवैभन्दा न्यून स्कोर ३९ पनि कटाउन नसक्ने खतरा थियो । गत वर्ष नेदरल्याण्डले श्रीलंकाविरुद्ध बनाएको ३९ रन टी– २० अन्तराष्ट्रियकै सवैभन्दा न्यून स्कोर हो ।

तर, शरद भेसवाकर र सोमपाल कामीले दोहोरो स्कोर बनाउँदै नेपाललाई कीर्तिमानी हारबाट जोगाए । शरदले १८ र सामोपाल कामीले १४ रन बनाए ।

ज्ञानेन्द्र मल्लले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुवास कखुरेल ६, विनोद भण्डारी, पारस खड्का र बसन्त रेग्मी समान २–२ रनमा आउट भए ।

राजेश पुलामी मगर र प्रदिप ऐरी पहिलो बलमा नै आउट भए भने अभिनाश कर्णले ४ रन बनाए । करन केसी २ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment