Comments Add Comment

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५ रेक्टरको पराकम्प

Sindhupalchok
१७ असार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्र बनाएर बिहीबार बिहान ५ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको छ ।

बिहान ७ बजेर ४१ मीनेटमा ५ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहीबार बिहानै काभ्रेको देवीटार र नाला उग्रचन्डीलाई केन्द्र विन्दु बनाएर बिहान ५ बजेर २६ मीनेटमा ४.१ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको पराकम्पन गएको केन्द्रले जनाएको छ ।

यसअघि बुधबार पनि भूकम्पका तीन पराकम्पन महशुस गरिएको थियो । बिहान ३ बजेर ३३ मीनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो भने बिहान ९ बजेर १२ मीनेटमा दोलखा केन्द्र बनाएर ४ रेक्टरस्केलकै पराकम्पन गएको थियो । त्यस्तै दिउँसो ३ बजेर ३४ मीनेट जाँदा नुवाकोट र रसुवालाई केन्द्र बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको भूकम्पपछि पराकम्पन जानेक्रम अझै रोकिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment