Comments Add Comment

कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा राजीनामा

Hari-Parajuli
१७ असार, काठमाडौं । महिलामाथि अश्लील हर्कत गरेपछि विवादमा आएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

पराजुलीले बिहीबार बिहान पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ओलीलाई राजीनामा बुझाएका थिए । उनको राजीनामा प्रधानमन्त्री सुशील कोइरालाले स्वीकृत गरेका छन् ।

सदन, समाजिक संजाल र सडकमा समेत मन्त्री पराजुलीको अश्लील गतिबिधिप्रति चर्को अलोचना भएपछि अध्यक्ष ओलीले बुधबार नै कृषिमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए । अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमको आग्रहमा पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

एमालेको आफ्नो भातृ संगठन र केही केन्द्रीय नेताहरुले समेत मन्त्री पराजुलीको सार्वजनिक आलोचना गरेपछि पार्टी नेतृत्वमाथि उनलाई राजीनामा गराउन दबाव परेको थियो ।

Hari-parajuli

एमालेले तत्काल नयाँ कृषिमन्त्री नियुक्त नगर्ने 

नेकपा एमालेले तत्काल नयाँ कृषिमन्त्री सिफारिस नगर्ने भएको छ । पराजुलीको राजीनामापछि नयाँमन्त्रीमा बलराम बास्कोटा र केशवलाल श्रेष्ठको नाम चर्चामा थियो ।

तर, पार्टीका शीर्ष नेताहरुसँगको परामर्शपछि एमाले अध्यक्ष केपी ओली तत्काल नयाँमन्त्री सिफारिस नगर्ने निर्णयमा पुगेका छन् । तत्कालका लागि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नै कृषि मन्त्रालयको कार्यभार सम्हालेछन् ।

पार्टीको निर्णयबारे एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराइसकेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्
अश्लिल हर्कत गर्ने कृषिमन्त्री पराजुलीले भने- राजीनामा दिनु पर्ने केही गरेको छैन

जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (तस्वीरसहित)

को हुन् मन्त्री हरि पराजुली ? जसले सेकुवा कर्नरदेखि धान खेतसम्म छाडेनन्

ओलीलाई झाँक्रीको चुनौती : महिला समात्ने मन्त्री नहटाउने ?

एमाले नेता पोखरेलले भने-कृषिमन्त्री ज्यू लज्जाबोध भो

कृषिमन्त्री पराजुलीको हर्कतबारे संसदमा विरोध, कारवाही गर्न माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment