Comments Add Comment

कविता-सभासद

डा.रबि भूषणप्रसाद चौरसिया

पठायौँ संबिधान बनाउनलाई,सभासद छिटो बनाऊ।
त मधेशी म पहाडीको मतियार,घुरकी न लगाऊ।।
छौं हामी एक ढिक्का नेपाली,एक ढिक्का नै रहनेछौ।।।
तिमीहरुको नाङगो नाँच, अब कहाँ हामी सहने छौ?।।।।
तिमीहरुको आरजकता, अब कहाँ हामी सहने छौ?….१

तिमीहरु मालिक आफूलाई,हामीलाई न दास गन।
१२ बुँदे सम्झौता गर्न भारत गयौ किन भान?।।
के त्यो बेला हाम्रो स्वभिमानमा आँच पुगेन?।।।
अकाश छुने हाम्रो सगरमाथाको सिर झुकेन?।।।।
फुटी सक्यो स्वभिमानको ढोल ,धेरै न बजाऊ।………….२
भयो पुरानो नारा देश बाँडने ,धेरै न कराऊ

ओलीलाई गोली प्यारो,गच्छदारलाई प्रधानमन्त्री बन्न चटारो छ।
तिमीहरुको कुर्सीभन्दा हामीलाई आफ्नो मातृभूमि धेरै प्यारो छ।।
कुर्सीको तानातानमा जनतालाई गाँसबाँसको जोहो गर्न गाह्रोँ छ।।
को चाहन्छ देश टुक्राउन, समान हक अधिकार पाएर?।।।
कसलाई मिल्छ आनन्द, आमाको छाँतीमा छुरा चलाएर?।।।।
अखण्ड भई जन्मयो हामी,अखण्ड सधै -सधै रहने छौ………३

गर्दैनन कोई गजदारी गुन नुन खाएर।
गर्नेछन मोल चुक्ता रगतको खोलो बगाएर।।
बढनेछौ अगाडी हामी काँधमा काँध मिलाएर।।।
न बाँड हामीलाई नेता हो,जातिधर्मको कसम दिलाएर।।।।
तिमीहरुको पछाडि कहाँ मूर्ख बनी हाँवा जस्तो बहने छौ?…..४

तराईबाट धान गेहुँ,पहाडबाट स्याऊ,सुन्तला लाने हो।
सबै मिली हामी नेपाली अरामले एक थलोमा खाने हो।।
बनायौ धेरै पागल   हामीलाई  सभासद,अरु न बनाऊ।।।
मेरो पेवा पहाड तेरो पेवा तराई भनी घुरकी न लगाऊ।।।।

Ravi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment