Comments Add Comment

कमेडी नाइट वीथ कपिलको प्रशारण बन्द

kapil-sharma
मुम्बई । कमेडियन कपिल शर्माले ‘कमेडी नाइट वीथ कपिल’वाट छुट्टी लिने भएका छन् ।

३४ वर्षिय यी हाँस्य कलाकारको सो बलिउड स्टारका लागि आफ्नो फिल्म प्रमोशन गर्ने उपयुक्त माध्यम बनेको थियो । तर, यो कार्यक्रम अब केही दिनका लागि बन्द हुने भएको छ । कार्यक्रमको अन्तिम भागको सुटिङ सलमान खानको साथमा गरिएको थियो ।

कपिल शर्माले आफ्नो सो बन्द हुन लागेको खबर ट्वीट गरेर दिएका छन् । उनले लेखेका छन् ‘हल्लो साथीहरु । विश्वास छ सब राम्रो हुन्छ । तर, मेरो स्थिती ठिक छैन । मलाई आराम गर्नुपर्ने सुझाब आएको छ । अन्तिम भागको सुटिङ सलमान खानसँग भएको छ ।’ त्यसो त उनले आफु चाँडै फर्किने पनि उल्लेख गरेका छन् ।

सन २०१३ मा सुरु भएको यो कार्यक्रममा आजको मितीसम्म बिना झञ्झट प्रशारण हुँदै आएको थियो । कार्यक्रमको कतिपय भागको स्पेशल सुटिङ विदेशमा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment