Comments Add Comment

आफ्नो मनले चाहेको गर्नुहोस् भन्दै निशाले खौरिइन् कपाल

nisha-adhikari
अमेरिका पुगेपछि नायिका निशा अधिकारीले आफ्नो नयाँ रुप सार्वजनिक गरेकी छिन् । अमेरिका पुगे लगतै आफ्नो कपाल काटेर छोटो बनाएकी निशाले अन्तत त्यो कपाल पनि खौरिएकी  छिन् ।

निशाले विरालोलाई बोकेर सार्वजनिक गरेको तस्बिरमा उनको कपाल छैन । उनले आफ्नो मनले चाहेको कुरा गर्नुपर्छ भन्दै पूर्ण रुपमा कपाल खौरिएकी छिन् ।

निशाले यस्तो सोच किन बनाइन् भन्ने उनलाई नै थाहा होला । तर, अमेरिका पुगेपछि एकाएक निशामा आएको परिवर्तनले धेरै कुराको संकेत गर्दछ । यसरी कपाल खौरिएर धेरै नायिकाहरु भिक्षुनी बनेका उदाहरण पनि बलिउड र कलिउडमा मात्र होइन हलिउडमा पनि छ ।

चलचित्र क्षेत्रमा उनको करिअर उत्साहजनक अवस्थामा नपुगेपछि निशा अमेरिका हानिएको भन्नेहरु पनि छन् । तर, निशाको यो नौलो अवतारलाई भने उनका फ्यानहरुले आ-आफ्नै तरिकाले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment