Comments Add Comment

दियाको साथमा दया, अनुप र अर्पणलाई लिएर बन्ने भो ‘वीर विक्रम’

anup-diya-daya-and-arpan
‘हँसिया’ निर्देशक मिलन चाम्सले नयाँ चलचित्रको निर्माण थालेका छन् । उनले निर्माण तथा निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘वीर विक्रम’ राखिएको छ । यो चलचित्रको भदौ १ गतेबाट काठमाण्डौ बाहिरका विभिन्न स्थानमा छायांकन हुने उनको भनाई छ ।

चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापाको साथमा नव-कलाकार दिया पुनको अभिनय रहनेछ । चलचित्रमा यम थापाको कथा, राम केसीको छायांकन, तारा प्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफीको रहनेछ ।

चलचित्रमा अनिल राई, पृथ्वी राई र शिव कुमार राइ सह-निर्माता छन् । चलचित्रलाई एक्सन, कमेडी जनरामा बनाउन लागेको निर्देशकको दाबी छ ।

यसअघि ‘हँसिया’ चलचित्र बनाएर चर्चा पाएका मिलनले यो चलचित्रलाई पनि हरेक दृष्टिकोणले उत्कृष्ट बनाउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment