Comments Add Comment

कर्णाली करिडोर खन्ने क्रममा दुईको मृत्यु

रमेश रावल

१७ असार, कालिकोट । कर्णाली करिडोरको लालीघाटको गेजा भीरमा सडक खन्ने क्रममा दुई जना मजदुरको मुत्यु भएको छ । सडक खनिरहेको अवस्थामा ढुङ्गा पल्टिएर कर्णाली नदीमा खसेर बुधबार उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कर्णाली करिडोरको सडक खन्ने क्रममा मृत्यु हुनेमा जिल्लाको रकु गाबिस वडा नं. ३ का ४० वर्षीया नौलासिंह तिरुवा र स्युना गाबिस वडा नं. ४ का २४ बर्षीया कमल तिरुवा रहेको अस्थायी प्रहरी चौकी हुल्मका इन्चार्ज सन्तबहादुर गुरुङ्गले बताए ।

मृत्यु भएका दुबै जनाको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटका राखिएको छ । कर्णाली करिडोर सडक निर्माण गर्ने जिम्मा नेपाली सेनाले लिएको छ । सडक खन्ने क्रममा मृत्यु भएका दुबै जनाका आफन्तहरुले क्षतिपुर्तिको माग गर्दै शव बुझेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment