Comments Add Comment

पिज्जा खाँदा ट्रिङ्क्यूलिटी स्पामा १५ सय छुट

सन्देश श्रेष्ठ
१७ असार, पोखरा । प्रख्यात पश्चिमा परिकार पिज्जा खाँदा ट्रिङ्क्यूलिटी स्पामा आकर्षक छुट पाइने भएको छ । लेकसाइडमा रहेको ‘पोखरा पिज्जा हाउस’ले ट्रिङ्क्यूलिटी स्पासँग मिलेर यस्तो छुट योजना ल्याएको हो ।

पिज्जा खाने ग्राहकले ट्रिङ्क्यूलिटी स्पामा १५ सय छुट पाउने पिज्जा हाउसका सञ्चालक बिजय गुरुङले जानकारी दिए । एउटा पिज्जाको मूल्य २५० रुपैयाँ रहेको छ । स्वाद मिक्स गरेमा थप ५५ रुपैयाँ तिर्नुपर्छ । असार १७ गतेदेखि सुरु भएको यस योजनामा एउटा पिज्जा खाने ग्राहकले पनि छुटको कुपन प्राप्त गर्नेछन् ।

Pokhara-Pizza-House

ट्रिङ्क्यूलिटी स्पामा न्यूनतम २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । छुटको कुपन प्राप्त गर्ने ग्राहकले एक हजार रुपैयाँ तिरे पुग्ने स्पाका सञ्चालक भुवन फैंजुले जानकारी दिए । त्यस्तै, अधिकतम १० हजार रुपैयाँ पर्ने ट्रिङ्क्यूलिटीको सेवालाई अब ८ हजार ५ सय रुपैयाँ तिरे पुग्छ ।

भूकम्पपछि सुस्ताएको व्यापार उकास्न पिज्जा हाउस र स्पाले यस्तो योजना ल्याएको बताएका छन् । काठमाडौंको धुम्बाराही चोकमा समेत शाखा खोलिसकेको पिज्जा हाउसले त्यहाँका ग्राहकलाई पनि छुट कुपन दिने जनाएको छ ।

‘भूकम्पपछि व्यापार खस्कियो, काठमाडौं र पोखरा दुबै ठाउँमा व्यापार राम्रो हुन सकेको छैन’ सञ्चालक गुरुङले भने- ‘त्यसैले स्पासँग सहकार्य गरेर छुट योजना ल्याएको हुँ ।’

सञ्चालक गुरुङले आन्तरिक पर्यटक खासै नघटेपनि वाहृय पर्यटक नआउँदा व्यापार खस्केको बताए । उनका अनुसार भूकम्पअघी पिज्जा हाउसमा दैनिक ४५/५० जना विदेशी पर्यटक आउँथे । अहिलो त्यो संख्या घटेर ३/४ जनामा सिमित हुन पुगेको छ । छुट योजनाले खस्केको व्यापार उकास्ने उनको विश्वास छ ।

ट्रिङ्क्यूलिटी स्पाका सञ्चालक फैंजुले पिज्जा हाउसमा मानिसहरुको चहलपहल हुने भएकाले व्यापार प्रवर्द्धन गर्नका लागि सहकार्य गको बताए । पिज्जा हाउससँगको सहकार्यले आफ्नो व्यापार बढ्ने उनको पनि विश्वास रहेको छ ।

लेकसाइडबाट मुख्य व्यापार गर्दै आएको पिज्जा हाउसले गत चैत १९ गते काठमाडौंको धुम्वाराहीमा शाखा खोलेको थियो । भूकम्पअघी काठमाडौंमा पिज्जाको राम्रो व्यापार भएपनि भूकम्पपछि ओरालो लागेको सञ्चालक गुरुङले बताए ।

पिज्जाको मूल्य २५० मात्र

पोखरा पिज्जा हाउसले एउटा पिज्जाको २५० रुपैयाँ मूल्य लिन्छ । पिज्जामा थप अर्को स्वाद मिक्स गरेमा ५५ रुपैयाँ बढि तिर्नुपर्छ । एउटा पिज्जा खाँदा एउटा कोक फ्रि, २ प्लेट पिज्जामा पाँच सय एमएलको कोक उपहार दिने गरेको सञ्चालक गुरुङले बताए ।

पिज्जा हाउसमा वर्गर, पास्ता, विङ्स, कफि, बेकरीसमेत पाइन्छ । पिज्जा हाउसमा अहिले विभिन्न १६ स्वादका पिज्जाहरु पाइने सञ्चालक गुरुङले बताए ।
 
निःशुल्क होम डेलिभरी सेवा

पोखराका मुख्य ठाउँहरुमा निःशुल्क होम डेलिभरी सेवा दिएर पोखरेलीको मन जितेको पोखरा पिज्जा हाउसले काठमाडौंमा पनि यसलाई निरन्तरता दिँदै आएको छ । पोखराकै मूल्यमा पोखराकै स्वाद राजधानीमा पनि दिँदै आएको गुरुङको दाबी छ ।

पोखरा पिज्जा हाउसले पोखरामा जस्तै काठमाडौंमा पनि पाँच किलोमिटर क्षेत्रमा निःशुल्क होम डेलिभरी दिने गरेको उनले बताए । पिज्जा हाउसले स्थापना कालदेखि नै पोखरेली ग्राहकलाई अर्डर अनुसार घर/घरमा पिज्जा निःशुल्क होम डेलिभरी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment