Comments Add Comment

एमाओवादी भन्छ- पुरानै ढर्राको बजेट नल्याऊ

१७ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीले सरकारले ल्याउन लागेको बजेट पुरानै ढर्राको भएको भन्दै भूकम्पले क्षतिग्रस्त जिल्लाका लागि विशेष योजना ल्याउन माग गरेको छ ।

prachanda at pressmeetप्रिबजेट ल्याएको १५ दिन भित्र पूर्ण बजेट ल्याउने प्रचलन भए पनि बरु त्यसलाई केही पछि सारेर भए पुनर्निर्माण र नवनिर्माणका लागि विशेष प्याकेज ल्याउनुपर्ने एमाओवादीको धारणा छ ।

विहीबार बसेको संसदीय दलको बैठकमा सभासदहरुले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरी एकीकृत प्याकेज ल्याउने सहमति पनि सरकारको प्रिबजेटमा सो कुरा नआएको भन्दै संसोधन गर्न माग गरेका थिए । सभासदहरुले बजेटमा नयाँ कुरा नभएको भन्दै राम्रा योजना समेट्न पहल गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

संविधानसभामा सबैलाई बोल्न दिनुपर्ने

यसैबीच एमाओवादीले संविधानको मस्यौदामाथिको छलफलमा सबै सभासदलाई बोल्ने समय दिन माग गरेको छ । यसअघि समय अपुग हुने भन्दै केही सभासदहरुलाई मात्रै बोल्न दिने तयारी गरिएको थियो ।

तर, एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासदहरुले संविधान निर्माण जस्तो महत्वपूर्ण विषयमा सबै जनप्रतिनिधिहरुलाई धारणा राख्न दिनुपर्ने माग गरेका थिए ।

त्यसपछि एमाओवादी अध्यक्ष प्रचण्डले सबै सभासदहरुलाई ३-३ मिनेट भए पनि बोल्न दिने व्यवस्था मिलाउन पहल गर्ने बताएको सभासद रुपा महर्जनले जानकारी दिइन् ।

दुई दिन अघि पेश भएको नयाँ संविधानको मस्यौदामाथि विहीबारबाट सैद्धान्तिक छलफल हुँदै छ ।

थोरै भए पनि मुद्दा सम्वोधन भएको दावी

बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको मस्यौदा निर्माणबारे जानकारी गराएका थिए । श्रेष्ठले मस्यौदा तयारको आधार र विधिमा आफ्ना केही गम्भीर असहमति रहेको बताएका थिए ।

मस्यौदामा केही कमीकमजोरी रहेको भन्दै श्रेष्ठले त्यसलाई सच्याउने प्रयत्न भैरहेको बताए । तर, श्रेष्ठले नागरिकता, महिलाका हक लगायतका थोरै भए पनि मुद्दा सम्वोधन गराउन आफूहरु सफल भएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment