Comments Add Comment

गरिमा र ध्रुवको ‘तीन घुम्ती’ बेलायतमा

teen-ghumti-prermier
चर्चित कृती ‘तीन घुम्ती’मा आधारित रहेर तयार भएको चलचित्र ‘तीन घुम्ती’को रेड कार्पेट प्रिमियर बेलायतमा हुने भएको छ । अगष्ट २२ तारिखमा भव्य प्रिमियर हुन लागेको कलाकार ध्रुव दत्तले जानकारी दिएका छन् । यस्तै, यो चलचत्रिको अन्य विभिन्न शो बेलायत र स्कटल्याण्डमा पनि गर्न लागिएको छ । निर्देशक बाबुराम ढकाल प्रिमियर शोमा सहभागी हुनेछन् ।

नेपालमा गएको भुकम्पका कारण आफ्नो आधारभुत आवश्यकता पनि पुरा गर्न नसकेका नेपालीहरुका लागि हुन लागेको यो प्रिमियरलाई च्यारेटी कार्यक्रम भनिएको छ ।

स्वर्गिय साहित्कार विश्वेश्वर प्रसाद कोइरालाको चर्चित कृती ‘तिन घुम्ती’ माथि बनेकाले पनि यो चलचित्र हरेक उमेरका दर्शकले हेर्न सक्ने दाबी निर्माणपक्षको छ । कर्मा प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन छ । चलचित्रमा ध्रुव दत्त, गरिमा पन्त, भुवन चन्द, सुशान्त कार्कीको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन बन्दिपुर, गोर्खा लगायतका स्थानमा गरिएको छ । कलाकार दत्तले यो चलचित्रमा काम गर्दा आफूलाई धेरै सहज भएको बताए । चलचित्र पनि उत्कृष्ट बनेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment