Comments Add Comment

मन्त्रीलाई मनोजको ब्यङ्ग्य-‘ए हरी डल्लो परी’को सप्रसंग ब्याख्या गर्नुहोस्

Hari-parajuli-2

मुलपानीमा आयोजित असार १५ कार्यक्रममा एक महिलासँग अश्लिल हर्कत गरेपछि कृषि मन्त्री हरिप्रसाद पराजुलीले आफ्नो पदबाट नै राजिनामा दिनुपर्‍यो । मन्त्रीले राजिनामा दिएपनि अब उनको यो बिषय हाँस्य ब्यङ्ग्य कलाकारका लागि भने ठूलै खुराक हुने देखिएको छ । नजिकिदै गरेको गाइजात्रे पर्वमा पराजुली कमेडी गर्नेहरुका लागि राम्रै बिषय बन्नेछन् ।

फेसबुकमा भित्ताहरुमा पराजुलीको चर्को विरोध र आलोचना भैरहँदा नेपालका हाँस्य कलाकारहरुले उनलाई विभिन्न तबरले ब्यङ्ग्य कसेका छन् । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले दर्जन प्रश्न, उत्तर एक भन्दै पराजुलीका नाममा प्रश्न नै बनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्-‘हरि विजोग भनेको के हो ? हरि ओम् स्वाहा भन्नाले के वुझिन्छ ? नेपाली स्ल्यांगमा ‘हरिप पारा’ केलाई भन्छन् ? कर्मको फलको उदाहरण के हुन्छ ? जोशमा होस नपुर्‍याउँदा कस्तो गति हुँदो रहेछ ? हरि लठ्ठक कस्तालाई भन्छन् ? ए हरी डल्लो परिको सप्रसंग ब्याख्या गर्नुहोस् ? फिर्ता लगे हरिलाई, कठैबरीलाई कुन मन्त्रीको कथामा आधारित सिनेमा हुनेछ ?

मुलैको पानीले आँखा सन्काई नानीले, स्वात्तै चिप्लें झिल्के बानीले ? पूर्वीय समाजमा पश्चिमा चाला, नपच्ने व्यवहारले मन्त्री पद खाला कसरी ? धानै खायो गाई तारे मालीले,मलाई खायो खेतैको आलीले भन्नाले के वुझिन्छ ? उनले यी प्रश्नहरु राख्दै निवर्तमान कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई हार दिक्क बिदाई जसले आफ्नो पद शहिद बनाए, तर अरु धेरै जनालाई सबक सिकाएर गए भनेर लेखेका छन् ।

अर्का हाँस्य कलाकार दिपकराज गिरीले पनि हरिप्रसाद पराजुलीलाई दरिलो ब्यङ्ग्य कसेका छन् । उनले फेसबुकमा लेखेका छन्-‘आषाढ १५ धान रोप्ने मुख्य दिन, रोपेको फल्न ४ महिना लाग्नुपर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यसको पर्सी पल्टै फल्यो । छदाँ खाँदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो । एमालेले सही निर्णय पनि लियो । तर यसमा ठूलो पाठ लुकेको छ, म लगायत सबै पुरुषका लागि शिक्ष हुन सक्छ, सायद यो घटना । आगो छुनु, आइमाई नछुने ।

भ्रष्टचार गर्‍र्या भए बरु अदालतबाट प्रमाणित हुनु पथ्र्यो, लामो प्रक्रियापछि मात्र पद जान्थ्यो, महिला छोको ४८ घन्टामै जागिर चैट । कस्तो रहेछ यो, महान आशाराम क्षणभरमै निराशाराम बन्न पूगे । बिल क्लिन्टनमा लेवेन्सकी चन्द्रमामा दाग झै बनिन्, विश्वामित्र त्यही महिला प्रेमबाट साधुबाट आलु भए । त्यसैले नयाँ आउने कृषि मन्त्रीज्यू साउन १५ मा खेत गोड्न पनि बोलाउनलान् तपाइलाई । साउन १५ मा मन्त्रीज्यू दाँयाबाँया नहेरी खेत गोड्नु । राम्री महिलाहरु आएमा मुखतिरै नहेरी हात जोड्नु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment