Comments Add Comment

घोडामा दूध पुर्याएर फर्कँदै गरेका साँवा बेपत्ता

१७ असार, इलाम । इलाम श्रीअन्तुका एक व्यक्ति बुधबारदेखि बेपत्ता भएका छन् । श्रीअन्तु–८ का फागो माइला भनिने भीमबहादुर साँवा खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

फिक्कलमा घोडामा दूध पुर्याएर फर्कंदै गर्दा श्रीअन्तु र फिक्कल बीचमा पर्ने सिद्धिखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको हुनसक्ने आफन्तले बताएका छन् ।

घोडामा चढेर खोला तर्दैगर्दा बेपत्ता भएपनि घोडा भने सकुशल रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । बेपत्ता साँवाको खोजीका लागि श्रीअन्तु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण खड्काको नेतृत्वमा पाँचजना प्रहरी परिचालित भएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment