Comments Add Comment

नामांकन र सिमांकनसहित संविधान ल्याउन कांग्रेसमा दबाव

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभासदहरुले संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनाबाट ‘बहुलवाद’ शब्द हटाएर कम्युनिष्टहरुसामू आत्मसर्पण गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

NC-Leaders

  • फाइल तस्वीर

संविधानसभामा सबैभन्दा ठूलो दल भएर पनि बहुलवाद शब्द प्रस्तावनामा राख्न नसक्दा बीपी, गणेशमान, गिरिजा र कृष्णप्रसाद भट्टराईको अपमान भएको सभासदहरुले टिप्पणी गरे ।

कांग्रेस संसदीय दलको विहीबार विहान बसेको बैठकमा बोल्ने अधिकांश सभासदहरुले बहुलवाद शब्द हटाएर गल्ती गरेको बताएका थिए ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला आक्रामक रुपमा प्रस्तुत भएका थिए । एक सभासदका अनुसार कोइरालाले बहुलवाद शब्द प्रस्तावनामा राख्न नसक्नेले वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका नामसमेत लिन हुँदैन भनेका थिए ।

नामांकन र सिमांकनसहित संविधान ल्याउन माग

कांग्रेस सभासदहरुले प्रदेशको नामांकन र सिमाकंनसहित नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए । सर्बोच्च अदालतले दिएको आदेश मानेर अघि बढ्नुपर्ने उनीहरुको जोड थियो ।

विमलेन्द्र निधी, अमरेश कुमार सिंह लगायतले अदालतको आदेश अनुसार संघीयताको नाम र सीमा समेत संविधानसभाले टुग्याउनु पर्ने बताएका थिए ।

कांग्रेस संसदीय दलको बैठक शुक्रबार पनि बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment