Comments Add Comment

कृषिमन्त्री बन्न एमालेमा दौडधुप

uml flag१७ असार, काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा दिएपछि एमालेमा नयाँ मन्त्रीका लागि नेताहरुको दौडधुप सुरु भएको छ । तर, पार्टी अध्यक्ष केपी ओलीले कुनै निर्णय लिइ नसकेको बताइएको छ ।

एमाले नेताहरुका अनुसार नयाँ मन्त्रीका लागि बलराम बास्कोटा र केशवलाल श्रेेष्ठको नाम चर्चामा छ । नयाँ मन्त्रीका दाबेदार रहेका बास्कोटा राजीनामा दिएमा मन्त्री पराजुलीको सम्बन्ध साढुदाइ साढुभाइको छ ।

राजीनामा दिएका पराजुली एमाले उपाध्यक्ष बामदेव गौतमको कोटामा मन्त्री भएकाले नयाँ मन्त्री पनि उनकै सिफारिसमा हुने सम्भावना छ । तर, एमाले भित्रको विभिन्न खेमाले नयाँ मन्त्री आफ्नो पक्षबाट पार्न कसरत थालेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment