Comments Add Comment

घुस्याहा आरोपी दुई लेखा अधिकृत धरौटीमा छुटे

Pokhara Yatayat ma ghus kANDA  (4)

  • मंगलबार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका कर्मचारी

सन्देश श्रेष्ठ
१७ असार, पोखरा । घुस लिदै गर्दा अख्तियारको फन्दामा परेका यातायात व्यवस्था कार्यालय पोखराका दुई लेखा अधिकृत धरौटीमा छुटेका छन् ।

सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ परेका लेखा अधिकृत गोविन्दप्रसाद बराल र लेखापाल नारायणहरी शर्मा अधिकारीलाई जनही २० हजार धरौटीमा रिहा गरिएको हो ।

मुद्दा टुंगो नलागेसम्मका लागि बुधबार धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकृत नरेन्द्र भट्टराईले जानकारी दिए । उनले मुद्दा टुंगो नलागुञ्जेल आरोपी दुवैको जागिर निलम्वन गरिएको पनि जानकारी दिए ।

यसअघि सेवाग्राही टेकबहादुर बरुवालले आफ्नो निजी कारको नविकरण गर्न लाग्ने रकम २४ हजार रुपैयाँ तिरेपनि आरोपी २ कर्मचारीले आलटाल गर्दै १० हजार रुपैयाँ घुस मागेपछि उनीहरुलाई मंगलबार रंगेहात पक्राउ गरिएको थियो ।

सेवाग्राहीको सूचनाको आधारमा अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।

यो पनि पढ्नुस्

यातायात कार्यालय पोखराका लेखा अधिकृतद्वय रंगेहात पक्राउ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment