Comments Add Comment

‘एसएलसी आईकन’मा भिड्दै सुन्दरी

slc-icon

एसएलसी उतिर्ण गरेका छात्र-छात्राहरु उच्च शिक्षा अध्ययनमा जुटिसके । तैपनि केही संघसंस्था एसएलसी छात्र-छात्राकै नाममा सौन्दर्य प्रतियोगिता गर्ने अभियानमा छन् ।

यसै क्रममा अल नेपाल पब्लिकेशनले यो वर्ष पनि सौन्दर्य प्रतिस्पर्धा गर्ने भएको छ । ‘मिस एसएलसी आईकन २०१५’ नाम दिइएको उक्त कार्यक्रममा एक दर्जन सुन्दरी सहभागी भएका छन् ।

प्रतियोगितामा निरुता केसी, बर्षा लोप्चन, कुसुम कोईराला, अन्जीला महर्जन, स्वीन्जा सुनाम, दिक्षा अधिकारी सहभागी छन् । बन्दना महर्जन, आयुषा खड्गी, ऐलिना श्रेष्ठ, निकिता महर्जन, रिया दिवाकर र निशा सेन विच पनि प्रतिस्पर्धा हुने भएको छ ।

आउँदा असार २३ मा कार्यक्रम सम्पन्न हुने छ भने अहिले सहभागी किशोरीलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, स्टेज प्रस्तुती लगायतका विषयमा प्रशिक्षण दिने काम भईरहेको छ ।

अल नेपाल पब्लिकेशनले यसअघि मिस नेपाल आइकन, मिसेस नेपाल आइकन र किड्स आइकनजस्ता विभिन्न उमेर र वर्गका महिलाविच सौन्दर्य प्रतियोगिता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment