Comments Add Comment

पराजुलीलाई पार्टीमा पनि कारवाही गर्न रामकुमारी झाँक्रीको माग

१७ असार, काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले कृषिमन्त्रीबाट राजीनामा दिएका हरिप्रसाद पराजुलीलाई पार्टीमा पनि अनुशासनको कारवाही गर्न माग गरेकी छिन् ।

रामकुमारी झाँँक्री
रामकुमारी झाँँक्री

मन्त्री पराजुलीको राजीनामा पछि फेसबुकमा स्टाटस लेख्दै उनले पार्टीमा कारवाहीको माग राखेकी हुन् ।

‘हरि पराजुलीले मन्त्रीबाट राजीनामा दिए, स्वीकृत भयो होला/हुन्छ । तर पार्टीभित्र अनुशासनको कारवाही नहुने ? पार्टीमा पनि कारवाहीको विषय हुनुपर्छ,’ उनले बिहीबार बिहान लेखेकी छिन् ।

यसअघि उनले धान रोपाईंमा गरेको ताण्डवलाई लिएर पराजुलीलाई हटाउन पार्टी अध्यक्ष केपी ओलीलाई चुनौति दिएकी थिइन् ।

चर्को जनदवावका कारण पराजुलीले पदबाट राजीनामा दिए पनि उनलाई पार्टीभित्र कारवाही गर्नेबारे एमाले मौन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment