Comments Add Comment

१५ वर्षमा कती बद्लिए अभिषेक ?

amitabh
बलिउड नायक अभिषेक बच्चनले सन् २००० मा करिना कपुरसँग जेपी दत्तको चलचित्र ‘रिफ्युजी’ वाट करिअर सुरु गरेका थिए । यसैवाट भन्न सकिन्छ यी दुबै कलाकार अभिनयमा प्रवेश गरेको १५ वर्ष पुरा भयो ।

करिना र अभिषेक मात्रै हैन ऋतिक रोशनले पनि अभिनय सुरु गरेको १५ वर्ष भयो । ऋतिकको पहिलो चलचित्र ‘कहो ना प्यार है’ अत्याधिक सफल भएको थियो भने करिना-अभिषेकको चलचित्र असफल भएको थियो । यद्यपी अभिषेक र करिनाको जोडीको भने तारिफ भएको थियो ।

अहिले ऋतिक करिनाको तुलनामा अभिषेकको ब्यस्तता साँघुरिएको छ । तीन कलाकार मध्ये सफलता कम पाउने पनि अभिषेक बच्चन नै हुन् ।

अभिषेकको धुम, गूरु, ह्याप्पी न्यु इयर लगायतका चलचित्रले राम्रो ब्यापार गरेको थियो । ‘अल ईज वेल’ मा उनी विल्कुल मौलिक गेटअपमा देखिएको चर्चा छ । तर, उनको मौलिक गेटअप कस्तो छ भन्नेमा कुनै जानकारी दिईएको छैन ।
अभिषेक आफ्नो नाम भन्दा पनि पिता अमिताभ बच्चन र श्रीमती ऐश्वर्या रायको नामबाट धेरै परिचित रहेको टिप्पणी पनि गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment