Comments Add Comment

धर्मको आडमा ठगी गरेको भन्दै अद्वैत संस्था बन्द

१७ असार, काठमाडौं । पुरानो बसपार्कमा कार्यालय रहेको अद्वैत संस्थाको नवीकरण खारेज भएको छ । धर्मका नाममा करोडौं रुपैयाँ ठगी गरेको र भारततर्फ नेपाली मुद्रा अपचलन गरेको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्थाको नवीकरण नगर्ने निर्णय गरेको हो ।

Jilla Prashan Kathmandu

नेपालमा यो संस्था भारतीय धार्मिक गुरु डा. क्षितिजचन्द्र चक्रवर्तीले खोलेका थिए । उनको निधनपछि छोरा प्रताप चक्रवर्ती यो संस्थाको प्रमुख रहँदै आएका छन् । यो संस्थाले दशौंहजार नेपालीलाई अनुयायी बनाएर उनीहरुबाट पैसा असुली सो रकम भारत लैजाने गरेको भन्दै अद्वैत संस्थाका पूर्वसदस्य गंगाबहादुर श्रेष्ठले काठमाडौं जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

श्रेष्ठका अनुसार देशभरिका ५ सय शाखाका करिब ३० हजार सदस्यबाट चक्रवर्तीले करोडौं रुपैयाँ उठाएर भारत पुर्‍याएको र पाँच वर्षसम्म लेखा परीक्षण नगराएको हुनाले जिल्ला प्रशासन कार्यालयले संस्थामाथि कारवाही गरेको छ ।

तर, गत फागुनदेखि नै जिल्ला प्रशासनले ताकेता गर्दा पनि संस्थाले जिल्ला प्रशासनलाई जवाफ नदिएपछि नवीकरण रोक्का गर्ने निर्णय मंगलबार गरेको हो ।

यसैवीच धर्मका नाममा करोडौं ठगी गरेको भन्दै गृहमन्त्री वामदेव गौतमको निजी सचिवालयले अद्वैत संस्थाका प्रमुख प्रताप चक्रवर्तीलाई पक्राउ गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

गृहको निर्देशनपछि असार १३ गते जिल्ला प्रशासनले महानगरीय प्रहरी परिसर टेकूलाई पत्र लेखिसकेको छ ।

यो पनि पढ्नुस्

अद्वैत संस्थामा भ्रष्टाचार, नेपालीको पैसा विदेशमा अपचलन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment