Comments Add Comment

पाँचथरमा सशस्त्रको कुटाइबाट ३ युवा घाइते

Fidim-APF-Kutpit

  • सशस्त्रको कुटाइबाट घाइते भएका निरज, किशोर र शम्भु (बायाँबाट क्रमश:)

१७ असार, फिदिम । सशस्त्र प्रहरी बल हिम शिखर गुल्म फिदिमका जवानहरुले कुटपिट गर्दा स्थानीय तीन युवा घाइते भएका छन् ।

फिदिम नगरपालिका-४ जोरसाल र सडक विभाग बीचमा पर्ने एक्लेसाल भन्ने ठाउँमा सशस्त्र प्रहरीको टोलीले कुटपिट गर्दा फिदिम-२ पल्लोटारका २७ वर्षीय निरज लावती, २६ वर्षीय शम्भु लावती र फिदिम-४ का किशोर आङ्देम्बे घाइते भएका छन् ।

सशस्त्र प्रहरीहरुले किशोरकी श्रीमती १८ वर्षीया सुमा आङ्देम्बे र भाउजू २५ वर्षीया सञ्च आङ्देम्बेलाई दुर्व्यवहार समेत गरेको स्थानीयको आरोप छ ।

कुटपीटबाट निरजको खुट्टा, ढाड र आँखामा गम्भिर चोट लागेको छ । शम्भुको दायाँ हात भाच्चिएर जिल्लामा उपचार हुन नसकी जिल्ला बाहिर रेफर गरिएको निरजका दाजु विजयबोध लावतीले वताए । अन्य घाइतेहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बुधवार साँझ साढे ७ बजे बाटो छेउँमा बसिरहेका स्थानीय उनीहरुसँग विवाद भएपछि हबल्दार ध्रुव प्याकुरेलसहित आएका सशस्त्र प्रहरीहरुले आफ्नै गाडीमा हालेर गुल्ममा लगेर निर्घात कुटपीट गरेको पीडितले बताए । करिब २ घण्टासम्म नियन्त्रणमा लिएर कुटपीट गरी सशस्त्रले राति साढे ९ बजेतिर पाँचथर जिल्ला अस्पताल पुर्‍याएको थियो ।

करिब ३० जनाको संख्यामा आएका सशस्त्र प्रहरीले अस्पताल हाता नियन्त्रणमा लिएर पीडितका आफन्त, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई पीडितलाई भेट्नबाट बञ्चित गरेको पत्रकार महासंघ पाँचथर शाखाका सचिव गिरिराज बाँस्कोटाले बताए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रविराज थपलियाले भने मादक पदार्थ सेवन गरी सशस्त्र प्रहरी माथि जाइलागेकाले नियन्त्रणमा लिने क्रममा बढी बल प्रयोग गरिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment