Comments Add Comment

अमेरिकाको नेपालीघरका सबै पदाधिकारी निर्बिरोध

nepali gharअमेरीका । अमेरिकाको कोलोराडोमा सक्रिय नेपालीहरुको साझा संस्था नेपालीघरको कार्य समितिको सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा योगराज गौतमसहित सवै कार्यसमिति निर्बिरोध निर्वाचित भएका हुन् । नयाँ कार्य समितिको पब्लिक रिलेसन अफिसरमा कुमार कार्की, टेक्निकल अफिसर निर्मल श्रेष्ठ, कम्युनिकेसन अफिसरमा नातिबाबु भट्ट रहेका छन् ।

त्यसैगरी महिला प्रतिनिधि बन्दना कार्की, क्षेत्रीय प्रतिनिधिहरुमा जगदिश ढकाल, लीला ढुङ्गाना र दिनेश श्रेष्ठ रहेका छन् ।

यसअघि संस्थाको कार्यसमितिको बैठकले सुशील त्रिपाठीको संयोजकत्वमा भुषणलाल श्रेष्ठ, जगन्नाथ गौतम रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचन सम्पन्न गर्ने जिम्मा दिएको थियो । सोही अनुसार निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजानिक गरेको थियो ।

आगामी आईतबार वर्तमान कार्यसमितिको बैठक बस्ने र सोही बैठकले नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्ने अध्यक्ष नारायण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment