Comments Add Comment

मिराको आग्रहमा साहिदले बोलाए पूर्व प्रेमिका

sahid-and-mira
दिल्लीकी मिरा राजपुतसँग बिबाहको तयारीमा रहेका बलिउड नायक साहिद कपुरको विवाह कार्ड सार्वजनिक भएको छ । केही आफन्तलाई बाँडिएको कार्ड सामान्य तर, आकर्षक रहेको बताईएको छ । कार्डमा लेखिएको छ ‘उपहार नल्याउनुहोला मात्रै शुभकामना ।’

यो जोडीको बिबाह १२ जुलाईमा मुम्बईमा हुने भएको छ । भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार मिराको बलिउडका धेरै नायिकासँग भेट्ने चाहना छ । त्यसकारण साहिदले सबै नायिकालाई निम्तो गरेका छन् । कुनै समय साहिदसँग अफेयरमा रहेका करिना कपुर, प्रियंका चोपडा, सोनाक्षी सिन्हा पनि बिबाहमा सहभागी हुने भएका छन् ।

साहिदले मिरालाई आफै मन पराएका थिए । बलिउडका केही नायिकासँग नाम जोडिएपनि अन्तिममा साहिदले चलचित्र क्षेत्र बाहिरकी यूवतीसँग बिहे गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment