Comments Add Comment

बलिउडका सौताने आमा र छोराछोरी, जान्नुहोस् कसको सम्बन्ध कस्तो ?

लगभग पर्दामा देखाएको भन्दा फरक हुँदैन सौताने आमाहरुका कथा पनि । कहिले राम्रो सम्बन्ध त कहिले नराम्रो । कतिपय चलचित्रमा यस्तो देखाईन्छ कि सौताने आमा र झड्केला छोराछोरी सबै भन्दा ठूला शत्रु हुन् ।

त्यही प्रसंगमा बनेका केही सिनेमामा सौताने आमा र झड्केला छोरा छोरीको सम्बन्ध आफ्नै बाबु आमाको भन्दा पनि राम्रो भएको देखाइन्छ । चलचित्रमा देखाईने प्रसंग जे जस्तो भएपनि बलिउडका धेरै कलाकारले सौताने आमा र बाउ झेलेका छन् । तिनले खासमा कस्तो अनुभव गरेको होलान् ? भारतीय समाचार संस्थाले सौताने बाबु आमा र तिनका सम्बन्ध वारे यस्तो लेखेका छन् ।
kareena-kapoor-with-her-steकेही दिन अघि करिना कपुर र उनको सौताने छोरा इब्राहिम अली खानको तस्बिर इन्टरनेटमा भाईरलै भयो । करिना र इब्राहिम वास्तविक आमा छोरा होईनन् । तर, आजको मितिसम्म उनीहरुको सम्बन्ध आमा छोराको भन्दा पनि राम्रो छ ।
hema-sunny-and-byby
हेमा मालिनीले आजको मितिसम्म सौताने छोरा सन्नी देवल र बबी देवलको विषयमा कुनै नराम्रो टिप्पणी गरेकी छैनन् । छोराहरुको पनि आमाप्रती गुनासो रहेको सुनिएको छैन । तर, हेमाकी छोरी इशा देवलको बिबाहमा सन्नी र बबी देखिएनन् । यही दृष्यबाट पनि अनुमान गर्न सकिन्छ कि उनीहरुको सम्बन्ध मित्रवत छैन ।

सवाना आज्मी जावेद अख्तरकी दोस्री श्रीमती हुन् । उनको आफ्नै बच्चा छैनन् । तर, फरहान अख्तर र जोया अख्तरलाई नै उनले छोराछोरीको माया दिएकी छिन् । सवाना आफ्नो छोराछोरीको असाध्यै प्रसंसा गर्छिन भने छोरा छोरीले पनि सवानालाई आमाको सम्मान दिने गरेका छन् ।

सौताने आमा हेलेनँंग सलमान खानको सम्बन्ध आफ्नै आमासँग भन्दा पनि राम्रो छ । आफ्नी आमा सल्मालाई जस्तै माया गर्ने सलमानने कतिपय कार्यक्रममा समेत सौताने आमालाई लिएर जाने गरेका छन् ।
shredevi-and-arjun
बोनी कपुरको कान्छी श्रीमती श्रीदेबी र छोरा अर्जुन कपुरको अहिलेसम्म बोलचाल समेत भएको छैन । अन्तवार्ताको क्रममा सौताने आमाको वारेमा टिप्पणी गर्दै अर्जुनले भनेका पनि थिए ‘श्रीदेबी मेरो बुबाको श्रीमती बाहेक मेरा लागि अरु केही होइनन् ।’

उनी आफ्नी आमा मोना कपुरलाई असाध्यै माया गर्छन् । सुप्रिया पाठक साहिद कपुरकी सौताने आमा हुन् । साहिद र सुप्रियाको सम्बन्ध निकै राम्रो छ । सुप्रियाबाट जन्मेका भाई बहिनीसँग घुम्न समेत गएका छन् साहिद । उनीहरु सामुहिक घुमघाममा पनि जाने गरेका छन् ।

पहिली श्रीमती रीनासँग सम्बन्ध बिच्छेद गरेपछि किरण रावसँग दोस्रो बिहे गरेका थिए आमिर खानले । किरणले कान्छी श्रीमती बनेर आएपछि केवल आमिरको मात्रै ख्याल राखिनन् सौताने छोराको पनि राम्रो ख्याल गर्ने गरेका छिन् ।

सञ्जय दत्तकी छोरी त्रिशाला र कान्छी श्रीमती मान्यताको सम्बन्ध साथीको जस्तै छ । बाबुको खुसी नै आफ्नो खुसी भएको धारणा राख्ने त्रिशाला कान्छी आमाले माया गरेको धारणा राख्छिन् ।

पूजा भट्ट र सौताने आमा सोनी रजदानको सम्बन्ध पनि निकै राम्रो छ । पूजाले सौताने आमाकी छोरी  आलिया भट्टलाई पनि उत्तिकै माया गर्ने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment