Comments Add Comment

कांग्रेस सभासदले नेतृत्वलाई भने- एमाले-माओवादीको पुच्छर त भएनौं ?

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभासदहरुले सर्वोच्च अदालतको फैसलाविरुद्ध वक्तव्य जारी गरेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

sekher-koirala-1कांग्रेस संसदीय दलको बिहीबारको बैठकमा सभासदहरुले नयाँसंविधानको एकीकृत मस्यौदाप्रति असन्तुष्टि समेत जनाएका छन् । शेखर कोइराला, अमरेशकुमार सिंह लगायतका सभासदले कांग्रेसले सर्वोच्चको फैसला मान्दिन भन्न नमिल्ने बताए ।

‘सर्वोच्चको फैसला मान्दनौं भनेर विज्ञप्ति जारी गर्नु हुँदैनथ्यो’ बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै सभासद कोइरालाले भने-‘एमाले-माओवादीको पुच्छर त भएनौं ।’

सर्वोच्चले फैसला चिक्त नबुझे पुरनाबलोकनमा जान उनले सुझाव दिएका छन् । सर्वोच्चको फैसलापछि राष्ट्रपति, प्रधानन्यायाधीश र फैसला गर्ने न्यायाधीश मधेसी भएको भन्दै गरिएको प्रचार गलत भएको उनले धारणा राखेका छन् ।

वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले वहुलवादकै लागि लडेको भन्दै उनले अहिलेको नेतृत्वले लड्न सकेनौं भन्न युक्ति संगत नभएको बताए । उनले भने-‘प्रस्तावनामा समाजवाद उन्मुख लेखिएको छ तर, वहुलवाद कतै छैन । वहुदवाद विनाको समाजवाद अधिनायकवाद हुन्छ ।’

अर्का सभासद अमरेशकुमार सिंहले एमाले, माओवादीले अदालतको फैसला मान्दैन भन्न सक्ने तर, कांग्रेसले नमिल्ने बताए ।

उनले नामाकंन र सीमांकन विनाको संघीयता भएको सविधान कुलै हालतमा स्वीकार्य नहुने चेतावनी दिएका छन् । पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गरेको सहमति वर्तमान पार्टी सभापति सुशील कोइरालाले नमान्ने हो भने आफूले पनि सुशीलको कुनै पनि निर्देशन नमान्ने उनले बताए ।

बैठकमा केही सभासदले भने सर्वोच्चको आदेशका नाममा संविधान निर्माण रोक्न नहुने बताएका छन् ।

सभासद चन्द्र भण्डारी अदालतको कुरालाई तराईसित जोड्न खोजिएको भन्दै विरोध गरेका छन् । उनले भने-‘हामीले कपाल फुलाएको जनताको अधिकारका लागि हो । राख्ने कुरा यहाँ राखौं तर, समाज विखण्डन गर्ने कुरा गर्न पाउँदैनन् ।’

अर्का सभासद महेन्द्र यादवले सर्वोच्चको अन्तिम फैसला नभएको भन्दै त्यही आदेश देखाएर संविधान रोक्नु मुलुक र जनताको चहना विरुद्ध हुने बताए । उनले नेताहरुलाई फोरम र तमलोपाका भाषा नबोल्न र कांग्रेसलाई आफ्नो नेतृत्वमा संविधान जारी गर्ने अबसरबाट बन्चित नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment