Comments Add Comment

‘मन्त्रीका लागि बच्चासहितको परिवारलाई विमानबाट ओरालियो’

kiren-rijiju

१७ असार, काठमाडौं । भारतीय गृह राज्यमन्त्री किरण रिजिजूको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

उनका लागि एयर इण्डियाको एक विमानबाट बच्चासहित तीन जनालाई विमानबाट उतारेको खबर सार्वजनिक भएपछि गृह राज्यमन्त्रीको आलोचना भएको हो ।

द इकोनोमिक टाइस्समा अनुसार यसका लागि विमान एक घन्टा ढिलो उठाइएको थियो । तर, राज्यमन्त्री रिजिजूले भने तीन जनाको परिवारलाई किन विमानबाट उतारेको भन्ने आफूलाई थाहा नभएको बताए ।

उनले आफ्नो कारणले विमान उडान ढिलो भएको नभई फ्लाइटको समय परिर्वतन भएको तर, सूचना दिन समस्या नभएको बताए । 

भारत सरकारका प्रवक्ताले भने प्रधानमन्त्री कार्यालयले घटनाबारे एयर इण्डियासँग जानकारी मागेको बताएका छन् ।

समाचार अनुसार घटना जुन २४ को हो र विमान लेहबाट दिल्लीका लागि उड्नु पर्ने थियो । त्यहीबेला वायुसेनाका एक अधिकारी, उनकी पत्नी र बच्चालाई विमानबाट र्झन भनियो ।

त्यसपछि राज्यमन्त्री, उनका सहायक र जम्मू कश्मीरका उपमन्त्री निर्मल सिंह विमानमा चढेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment