Comments Add Comment

महाराष्ट्रका चार हजार चिकित्सक हडतालमा

१७ असार, नयाँ दिल्ली । पश्चिम भारतीय राज्य महाराष्ट्रमा बिहीबार चार हजार सरकारी चिकित्सक हडतालमा उत्रिएका छन् ।

तलब वृद्धि, सुरक्षाका राम्रो व्यवस्था र काम गर्ने समयको निश्चितताको माग गर्दै ती  चिकित्सकहरु हडतालमा रहेको बताइएको छ । यसरी हडतालमा उत्रिएका चिकित्सहरुमा राज्य राजधानी मुम्बईका समेत रहेका जनाइएको छ ।

बुधबार भारतीय सरकार र चिकित्सकबीच भएको वार्तामा सम्भौता हुन नसकेपछि चिकित्सकहरुमा हडतालमा उत्रिएका हुन् । महाराष्ट्र स्थानीय चिकित्सक केन्द्रीय बोर्डका अध्यक्ष सागर मुन्दादाले चिकित्सकहरुको मागमा तलब वृद्धिलगायात चिकित्सक सुरक्षा कानुनलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए ।

त्यसैगरी महिला चिकित्सकको हकमा दुई महिना सुत्केरी बिदा पाउनुपर्ने र काम गर्ने समयको निश्चितता माग गरिएको उनले बताए ।

चिकित्सकको यी मागहरुलाई सरकारले सम्बोधन नगरेको हुनाले बाध्यताबस आफूहरु हडताल जान परेको अध्यक्ष सागर बताएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment