Comments Add Comment

पाल्पाका अनिलले बनाए स्वचालित सरसफाइ यन्त्रमानव

१७ असार, तानसेन । पोखरामा भएको क्षेत्रियस्तरको शैक्षिक सामाग्री प्रदर्शन प्रतियोगितामा पाल्पाका अनिल आचार्य पहिलो भएका छन् ।

Atomatic-senetary-machine-m

सदरमुकाम तानसेनस्थित जनता नमुना उच्च माविमा कक्षा १० मा अध्ययनरत आचार्यले स्वचालित सरसफाइ यन्त्रमानव बनाएर प्रदर्शन गरेका थिए ।

उक्त यन्त्र तयार पार्न धेरैजसो स्थानीय सामाग्री प्रयोग भएको र २ हजार ७०० रुपैयाँ खर्चमा तयार भएको उनले जानकारी दिए ।

यही असार १३ र १४ गते पोखरामा क्षेत्रिय स्तरको शैक्षिक सामाग्री प्रदर्शन प्रतियोगिता आयोजना गरिएको थियो ।

अनिल आचार्य रामपुर नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

– बसन्त कुंवरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment