Comments Add Comment

एमालेले तत्काल नयाँ कृषिमन्त्री नियुक्त नगर्ने

१७ असार, काठमाडौं । नेकपा एमालेले तत्काल नयाँ कृषिमन्त्री सिफारिस नगर्ने भएको छ । रोपाइँ कार्यक्रममा महिलामाथि अश्लिल हर्कत गरेको भन्दै चर्को आलोचना भएपछि निवर्तमान कृषिमन्त्री हरि पराजुलीले राजीनामा दिएका छन् ।

CPN_UML_officeपराजुलीको राजीनामापछि नयाँमन्त्रीमा बलराम बास्कोटा र केशवलाल श्रेष्ठको नाम चर्चामा थियो ।

तर, पार्टीका शीर्ष नेताहरुसँगको परामर्शपछि एमाले अध्यक्ष केपी ओली तत्काल नयाँमन्त्री सिफारिस नगर्ने निर्णयमा पुगेका छन् । तत्कालका लागि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नै कृषि मन्त्रालयको कार्यभार सम्हालेछन् ।

पार्टीको निर्णयबारे एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराइसकेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment