Comments Add Comment

अख्तियारको कर्मचारी भन्दै रकम असुल्दै

सलमान खान
१७ असार, भैरहवा । रुपन्देहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै रकम असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका १३ देवीनगरका २५ वर्षीय अजित गौतम छन् ।

Ajit-Gautam,-Debinagar-Rupaपक्राउ परेका गौतमले रुपन्देहीको मोतिपुरस्थित श्री जय प्रकटेश्वर बोर्डिङ स्कुलमा गइ आफू अख्तियारको कर्मचारी भन्दै १ लाख ६५ हजार रुपैयाँ लिएर गएका थिए ।

त्यसपछि विद्यालयले अख्तियारको सम्पर्क कार्यालय बुटवलमा उजुरी दिएपछि अख्तियार र रुपन्देहीले प्रहरीले संयुक्त रुपमा उनको खोजतलास गरी पक्राउ गरेको रुपन्देहीका एसपी राजेन्द्र ढकालले बताए ।

गौतमले स्कुलको प्रबन्ध राम्रो छैन मिलाउने हो पैसा चाहिन्छ अन्यथा कारवाही हुन्छ भन्दै तर्साएर रकम लिएका थिए ।

रकम लिन गौतम विद्यालयमा जाँदा उनले प्रयोग गरेको लु १० प ६५४१ नम्बरको मोटरसाइकल र मोबाइलको नम्बरको आधारमा खोजतलास गरी उनलाई पक्रन सफल भएको र थप अनुसन्धान भइरहेको एसपी ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment