Comments Add Comment

कुष्टरोगी खोज्दै घरदैलो अभियान

१८ असार, काठमाठौं । कुष्ठरोगी नियन्त्रणका लागि सरकारले प्रभावित जिल्ला नयाँ बिरामी खोज्न घरदैलो अभियान थालेको छ ।

कुष्ठरोग प्रभावित तराईका १५ जिल्लामा घरघरमा तालिमप्राप्त स्वास्थ्यकर्मी पठाएर सम्भावित रोगी पहिचान अभियान थालिएको हो ।

रोगी पहिचानपछि उपचार प्रक्रियामा ल्याउन अभियान सुरु गरिएको स्वस्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको राजधानीमा खबर छ । बढी प्रभावित जिल्लामा झापा, महोत्तरी, बाँके, कपिलबस्तु, धनुषा, सर्लाही, पर्सा, मोरङ, रौतहट, बर्दिया, रुपन्देही, बारा, कैलाली, नवलपरासी र सिरहा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment