Comments Add Comment

ड्रिमगर्ल हेमा मालिनी दुर्घटनामा

hema-1
मुम्बई । बलिउड अभिनेत्री एवं भारतीय जनता पार्टीकी सांसद हेमा मालिनी दुर्घटनामा परेकी छिन् । राजस्थानको दौसामा उनको मर्सिडि कार विपरित दिशावाट आएको अल्टो कारसंग ठोकिंदा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा हेमाको कारसंग ठोकिएको अल्टो कारमा रहेकी एक वषिर्या बालिकाको मृत्यु भएको छ भने हेमा मालिनीका चाकल सहित पाँच जना घाईते भएका छन् । हेमा मालिनीको जयपुर स्थित फोर्टिक अस्पतालमा उपचार भईरहेको छ ।

बिहीवार राति नौ बजे उक्त दुर्घटना भएको थियो । अभिनेत्री हेमा भरतपुरवाट जयपुर जाँदै थिईन् । बिपरीत दिशावाट आएको अल्टोले एक्कासी गाडी घुमाउदा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा हेमा मालिनीको टाउकोमा गहिरो चोट लागेको छ भने प्रसस्तै रगत बगेको भारतीय प्रहरीले जनाएको छ । त्यस्तै हात र कम्मरमा पनि चोट लागेको भारतीय समाचार संस्थाले उल्लेख गरेको छ ।

भारतीय प्रहरीका अनुसार दुर्घटनाको विषयमा जाँच भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment